Skip to main content

धनगढी न्यूज

प्रदेश मन्त्रालयले आज कर्मचारी सरुवा गर्दै, मालदार अफिस जान तछाडमछाड

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयले कर्मचारी सरुवा गर्ने आज अन्तिम दिन हो। सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली, २०८१ को नियम ४६ मा भएको संशोधनअनुसार आज कर्मचारी सरुवा हुने भएको हो।

मुख्यमन्त्री कार्यालयले यसअघि नै कर्मचारी सरुवा गरिसकेको छ। प्रदेशका अन्य मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी र सवारी चलाक बाहेक समय पुगेको कर्मचारीको सरुवा हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रदेश मन्त्रालयहरूले सहायक चौथोदेखि अधिकृत आठौं तहको कर्मचारीको सरुवा गर्ने छन्। तर राम्रो र मालदार ठानिएको कार्यालयमा सरुवा माग्न कर्मचारीहरूले तीव्र लबिङ गरेको कर्मचारी स्रोतको दाबी छ। विकास बजेट बढी भएको कार्यालयमा सरुवा हुन कर्मचारीहरूले राजनीतिक लविङ बढाएका हुन्।

कर्मचारीहरूले कैलाली र कञ्चनपुरका कार्यालयमा सरूवा माग्न दबाब सिर्जना गरेका छन्। उनीहरूले पहुँचकै आधारमा मालदार कार्यालयमा सरुवा गर्न कुनै कसर बाँकी नराखेको एकजना कर्मचारीले बताए।

सरुवाका लागि हानथाप गर्नेमा लेखा समूहका कर्मचारी अगाडि रहेको एक कर्मचारीले बताए। उनीहरूको पहिलो रोजाइमा प्रदेशका पूर्वाधार विकास कार्यालय, खानेपानी, भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, मत्स्य विकास केन्द्र, प्रादेशिक आयुर्वेद चिकित्सालय र मोहना सिँचाइ आयोजना कार्यालय परेका छन्। भनेको कार्यालयमा सरुवा माग्न नेपाली काँग्रेस र नेकपा एमाले निकट कर्मचारीबिच प्रतिस्पर्धा नै चलेको बताइएको छ।

भर्खरै भएको जेन्जी आन्दोलनलाई समेत बिर्सेर राजनीतिक र व्यक्तिगत पहुँच भएका कर्मचारीले आफूले रोजेकै कार्यालयमा सरुवाको निर्णय गराउन कम्मर कसेर लागेको गुनासो पहुँच नभएका कर्मचारीको छ। मन्त्री, नेता तथा उपल्लो तहको कर्मचारीलाई प्रभावमा पारेर मागेकै ठाउँमा सरुवा गर्न कर्मचारीहरूको कुदाकुद चलेको स्वयं कर्मचारीहरूले बताएका छन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...