Skip to main content

धनगढी न्यूज

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र लुम्बिनी तथा काठमान्डु र विराटनगर खेल्दै

Advertisement

कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई हराएको थियो ।

 

६ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज ‘सुपर स्याटर्डे’ अन्तर्गत दुई खेल हुँदै छन् ।

आज पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्ने छन् । खेल बिहान सवा ११ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने छ ।

कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई हराएको थियो ।

कर्णाली पहिलो जितको खोजीमा हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

गत संस्करणको खेलमा कर्णालीले लुम्बिनीमाथि ५ रनको जित निकालेको थियो ।

यस्तै आजको दोस्रो खेलमा काठमान्डु गोर्खाज र विराटनगर किङ्स खेल्ने छन् । खेल अपरान्ह साढे तीन बजेदेखि सुरु हुनेछ ।

काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल‌ हो । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

विराटनगरले भने पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको थियो ।

गत संस्करणको खेलमा काठमान्डु गोर्खाजले विराटनगर विरुद्ध १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।

हालसम्म सुदूरपश्चिम रोयल्स २ खेलमा २ जितसहित ४ अंक जोडेर शीर्ष स्थानमा छ । समान १ जित निकालेका विराटनगर ,लुम्बिनी, चितवन र काठमान्डु क्रमश: दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छ छन् ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...