Skip to main content

धनगढी न्यूज

बीच सडकमा ट्रक पल्टिएपछि कान्ति लोकपथ अवरूद्ध

Advertisement

काठमाडौं-हेटौंडा जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ।

सडकमै ट्रक पल्टिएपछि कान्ति लोकपथ सडक शनिबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिएर आउँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक सडकमै पल्टिएको हो।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ गुडेको र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्।

दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सुचारु गराउने पहल भइरहेको डिएसपी बोगटीले जानकारी दिए।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...