Skip to main content

धनगढी न्यूज

धनगढीमा सयौं प्रहरीकै अगाडि युवा संघबाट दर्जन बढी जेन्जी कुटिए

Advertisement

धनगढी: धनगढीमा युवा संघका कार्यकर्ताले जेन्जी युवाहरूमाथी  कुटपिट गरेका छन्। धनगढी कभर्डहल अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका करिब दुई दर्जन जेन्जीहरूलाई युवा संघका सयौं कार्यकर्ताले आक्रमण गरेका हुन्।

एमाले नेता महेश बस्नेतको बिरोधमा सडकमा प्लेकार्ड समातेर  शान्तिपूर्ण प्रदर्शनमा रहेका जेन्जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका युवाहरू प्रहरीकै अगाडि कुटपिट गरेका हुन्। कुटपिटमा धनगढी-४ की जेन्जी लिडर सरिता जोशीको हात भाँचिएको भनिएको छ। जोशीको हातमा चोट लागेपछि उनलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको छ। आक्रमणमा परेर गोपाल बोहरा लगायतका युवाहरूलाई पनि सामान्य चोटपटक लागेको जेन्जी प्रदर्शनकारीले बताएका छन्।

जेन्जीहरूले प्रहरीले आफ्नो सुरक्षा नगरेको आरोप लगाएका छन्। उनीहरूले युवा संघका केटाहरूलाई आफूहरूमाथी आक्रमण गर्न दिएको आरोप लगाएका छन्। सम्भावित झडपलाई मध्यनजर गरेर कभर्डहल अगाडि सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो।

तर उनीहरूले युवा संघका युवाहरूलाई रोक्न नसकेको कुटपिटमा परेका जेन्जीहरूले बताएका छन्। सयौं प्रहरीको सुरक्षा घेरामा रहेका जेन्जी युवाहरूले युवा संघबाट कुटाइ खाने अवस्था निर्माण कसरी भयो भन्ने विषयमा प्रतिक्रिया माग्न कैलाली प्रहरी प्रमुख नरेन्द्र चन्द र प्रवक्ता राजकुमार सिंहलाई सम्पर्क गर्दा दुबै जना प्रहरी अधिकारीको फोन उठेन।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...