Skip to main content

धनगढी न्यूज

चर्चित जेनजी अगुवा मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बनाइने

Advertisement

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा विरुद्धको अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् ।

खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन् । २१ वर्षीया खातुनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै उनले तेजाब आक्रमण मात्र हिंसा नभई सबै खाले हिंसाविरुद्ध लाग्न आग्रह गरिन् । ‘आजभन्दा पाँच वर्ष अगाडि ममाथि तेजाब आक्रमण भएको थियो । त्यसका विरुद्ध म लगातार अभियानमा लागेँ । सफल पनि भए  । मलाई के लाग्छ भने तेजाब आक्रमण मात्र हिंसा होइन । यस्ता धेरै हिंसा छन्, जसमा दिदी बहिनीले खेप्नुपरेको छ । सबै खालका हिंसा गर्न अन्त्य गर्न जरुरी छ’, उनले भनिन् ।

उनले देशमा भएका भ्रष्टाचार, हिंसा अन्त्य होस् र त्यही चाहना अनुसार अनुसार नेपाली कम्युनिस्ट पार्टीले काम गर्ने उनले विश्वास राखिन् ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...