Skip to main content

धनगढी न्यूज

१९ घन्टादेखि जलिरहेको छ ५ हजार मानिस बस्ने हङकङको अपार्टमेन्ट कम्प्लेक्स

Advertisement

हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन।

बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ। आगो लागेको १९ घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ।

आगलागीमा ४४ जनाको मृत्यु भइसकेको छ। ६२ जनाभन्दा बढी घाइते छन् भने २७९ जना सम्पर्कविहीन रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

बिहीबार बिहानसम्म पनि त्यो आवासीय क्षेत्रको आकाश धुवैधुवाँले ढाकेको छ। भवनमा आगो बलिरहेको र बाक्लो धुवाँका मुस्लोहरू आकाशतर्फ जाने क्रम जारी रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी, अग्निनियन्त्रक, दमकल र एम्बुलेन्सहरू तैनाथ छन्।

एक जना अग्निनियन्त्रकको पनि जलेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

आगलागीको कारण खुल्न सकेको छैन।

यद्यपि आगलागी नियन्त्रणका लागि आवश्यक मापदण्ड भवन निर्माण गर्दा नपुर्‍याइएको भनेर तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरू ५२ देखि ६८ वर्ष उमेर समूहका निर्माण कम्पनीका निर्देशक र एक इन्जिनियरिङ परामर्शदाता हुन्।

प्रहरीका अनुसार भवनको बाहिरी भागमा प्रयोग भएका केही सामग्रीले आगो प्रतिरोधका मापदण्ड पूरा नगरेको आशङ्का गरिएको छ।

साथै एउटा टावरको प्रत्येक तल्लामा लिफ्ट लबी नजिक अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्री फेला परेको प्रहरीले जनाएको छ।

वरिष्ठ प्रहरी अधिकारी आइलीन चङका अनुसार निर्माण कम्पनीका जिम्मेवार व्यक्तिहरूले गम्भीर लापरबाही गरेको ठोस आधार फेला परेको छ।

आगलागी मूलतः एक ३२ तले भवनको बाहिरी बाँसको स्काफोल्डिङबाट सुरु भई तीव्र हावाका कारण अन्य टावरमा फैलिएको अनुमान गरिएको छ।

आगलागी सुरू भएको भवनमा मर्मतसम्भार चलिरहेको थियो।

निर्माण कम्पनीले ज्वनलनशील वस्तुहरू भवनमै छाडेको र त्यहीँबाट आगलागी सुरू भएको भनेर बिबिसीले लेखेको छ।

आगो स्थानीय समयअनुसार दिउँसो २:५१ बजेदेखि सुरू भएको थियो। आगलागीले तत्कालै ठूलो रूप लिएको र ८०० जना उद्धारकर्ता परिचालन गरिएको थियो।

भवनभित्रको तापक्रम अत्यधिक बढेका कारण पनि उद्धारकर्ताहरूलाई उद्धारका लागि समस्या भएको थियो।

हङकङका आगो नियन्त्रण अधिकारीहरूले बिहीबार बिहानसम्म चारवटा भवनको आगो नियन्त्रणतर्फ उन्मुख अवस्थामा पुगेको जनाएका छन्।

यद्यपि उच्च तापक्रम, झरिरहेका भग्नावशेष र स्काफोल्डिङका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ। करिब ९ सय जनालाई अस्थायी आश्रयस्थलमा सारिएको छ।

यसअघि सन् १९९६ को नोभेम्बरमा काउलुनको एक व्यावसायिक भवनमा भएको  आगलागीमा ४१ जनाको मृत्यु भएको थियो।

बुधबारदेखि लागेको आगो हङकङकै सबैभन्दा घातक आगलागीका रूपमा दर्ज भएको छ।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...