Skip to main content

धनगढी न्यूज

कोडालाइन, अब कसले गाइदिन्छ ‘मलाई अरू केही चाहिएको छैन’

Advertisement

यी सबै प्रश्नको उत्तर यस गीतमा पाइन्छ । स्वभाविक रूपमा गीत ब्रेकअपको हो । तर, यो सामान्य ब्रेकअप गीतहरू जस्तो बिल्कुलै छैन । यसमा ब्रेकअपको समयमा महसुस हुने सबै भावना समेट्ने सत्प्रयास गरिएको छ । गीतको शब्द, गायन र संगीतमा त्यो झल्कन्छ ।

सम्बन्धमा आएको टकरावपछि आफ्नो पार्टनरलाई नचाहने अथवा पीडामा उसको फोटो जलाइदिने जस्ता सामान्य किशोर प्रेमसम्बन्धको भावना गीतमा छैन । बरू प्रेम गरिएको (वा गर्ने गरेको) व्यक्तिले जब छाडेर जान्छन्, त्यसपछिका हरेक भावना गीतमा अटाइएका छन् । त्यसमा बोध छ । पश्चाताप छ । पीडा छ । रिस छ । आक्रोश छ । आशा छ । माया छ ।

आयरल्याण्डको ब्यान्ड कोडालाइनको ‘अल आई वान्ट’ यही गीत हो, जसले आज पनि सम्बन्ध बिग्रेकाहरूलाई रुवाउँछ, सम्झाउँछ र आफैंसँग सम्हाल्न सिकाउँछ ।

 यो गीत नहुँदो हो त, कोडालाइनको फैलावट पनि यति विघ्न हुने थिएन । तर, कोडालाइनले ‘अल आई वान्ट’ बनायो । ‘अल आई वान्ट’ले कोडालाइन ।

अहिले यो ब्यान्ड आफ्नो अस्तित्वको अन्तिम चरणमा छ । चार जना ब्यान्ड सदस्यहरूले दशक भन्दाबढी समय सँगै बिताएपछि अब छुट्टिने घोषणा गरिसकेका छन् । जसले फेरि प्रशंसकहरूलाई एउटा ब्रेकअपभन्दा कम पीडा दिएको छैन ।

क्रमश: बायाँबाट जेसन बोलान्ड, मार्क प्रेन्डरगास्ट, स्टिभ ग्यारिगन र भिन्नी मे ।

ब्यान्डका प्रशंसकहरूका लागि कुनै पनि सदस्य छुट्टिनु, झगडा पर्नु अथवा विलय हुनु साँच्चै पीडादायी हुन्छ । यसपटक कोडालाइनले त्यो पीडा फेरि प्रशंसकहरूलाई दिने भएको छ ।

खुसीको खबर के छ भने जाँदाजाँदै ब्यान्डले संयुक्त रूपमा आफ्नो पाँचौं तथा अन्तिम एल्बम दिनेछ । प्रंशसकहरूका लागि त्यो एउटा मल्हम हुन सक्छ ।

 

आयरल्याण्डको डब्लिन स्वर्ड्स । जहाँ स्टिभ ग्यारिगन र मार्क प्रेन्डरगास्ट बस्ने गर्थे । उनीहरूको घरको बाटो दुई मिनेटको पनि थिएन । त्यसमाथि उनीहरूको पढ्ने विद्यालय पनि एउटै थियो । खेल्ने ठाउँ त साँझबिहान एउटै हुने भइहाल्यो । तर, उनीहरू ८ वर्षको हुँदा मात्र भेटिएका थिए ।

स्टिभ र मार्क पढ्ने विद्यालयमा गायनका विभिन्न समूह हुन्थे । त्यसमा पुरुषतर्फतको गायन समूहमा उनीहरू दुई जना मात्र थिए । त्यसबेलादेखि उनीहरूले ज्याम सेसन र विद्यालयमा प्रस्तुतीहरू दिन थालिसकेका थिए । दुवैले एक-अर्कासँग ‍गीत लेख्न सिक्ने/सिकाउने गर्थे ।

अलि पछि ड्रमर भिन्नी मे नाम गरेका अर्का साथी उनीहरूको समूहमा मिसिन आए । भिन्नी पनि उनीहरूको घर नजिकै बस्थे । समूहमा तिन जना भएपछि उनीहरू किशोरवयमै ब्यान्ड बनाउन लागिपरे । त्यसैबेला बेसिस्ट जेसन बोलान्ड उनीहरूसँग जोडिन आइपुगे ।

जेसन जोडिएपछि उनीहरूको ब्यान्डको लाइन-अप पनि पूरा थियो । तर कोडालाइनअघि उनीहरूको ब्यान्डको नाम अर्कै थियो । जुन नाम अहिले इतिहास भइसकेको छ । तैपनि उनीहरू सुरुदेखि छुट्टिएर छरिएनन् । त्यसमा स्टिभ र मार्कको बाल्यकालको विशेष भूमिका थियो । सायद त्यो बाल्यकाल हुन्थेन भने यहाँ कथा अर्कै हुन सक्थ्यो ।

अहिले कोडालाइनको लाइनअपमा स्टिभ ग्यारिगन (गायक), भिन्नी मे (ड्रम), मार्क प्रेन्डरगास्ट (गिटार) र जेसन बोलान्ड (बास) गरी चार सदस्यहरू छन् । उनीहरू पूर्णरूपमा सन् २००५ मा ब्यान्डका रूपमा जोडिएका थिए ।

त्यसबखत ब्यान्डको नाम ‘ट्वान्टीवान डिमान्ड्स’ थियो । यस नामबाट उनीहरूले सन् २००७ मा आफ्नो पहिलो गीत निकालेका थिए । त्यससँगै उनीहरूले विभिन्न कार्यक्रम पनि गरेका थिए । यस नामबाट नै उनीहरूले आयरिश चार्टमा इतिहास रचेका थिए ।

तर सन् २०१२ मा बदलेर उनीहरूले ब्यान्डको नाम ‘कोडालाइन’ राख्ने निर्णय गरे ।

यो नाम नै किन भन्नेमा उनीहरूसँग कुनै ठोस उत्तर छैन । बस् उनीहरू आफ्नो ब्यान्डको नाम परिवर्तन गर्न चाहन्थे । र, सकेसम्म पहिले कतै पनि प्रयोग नगरिएको नाम लिन चाहन्थे।

त्यस्तैमा एक रात ब्यान्डका सदस्यहरू धेरै नै रक्सी पिएर रमाइलो गरिरहेका थिए । उनीहरू नाम फुराउने प्रयास गरिरहेका थिए । यतिकैमा ‘कोडालाइन’ भन्ने नाम फुर्यो । जुन सबैलाई मन पर्‍यो । त्यसपछि उनीहरूले ब्यान्डको नाम यही राखे । भलै यो नामको कुनै ठोस अर्थ छैन । अर्थहीन यो नामलाई मान्छेहरूले आफ्नो संगीतसँग जोडेर हेरुन् भन्ने मात्र उनीहरूको चाह थियो । आखिरमा भयो पनि त्यस्तै ।

इन्डि फोक, इन्डि रक, इन्डि पप र अल्टर्नेटिभ रक उनीहरूको विधा हो । कतिपयले उनीहरूलाई कोल्डप्ले, किङ्ग्स अफ लियन, युटू. ओएसिस जस्ता विश्वचर्चित ब्यान्डसँग समेत तुलना गरेर हेर्ने गर्छन् ।

ब्यान्डको नाम परिवर्तन गर्नु उनीहरूको सांगितिक विकासका लागि महत्तवपूर्ण रणनीति साबित भयो । यसपछि उनीहरूले आफ्नो राष्ट्रिय सफलतालाई समेत ओझेल पार्ने गरी अन्तर्राष्ट्रिय छलाङ मारे । त्यसकारण २०१३ मा निकालएको ‘इन अ पर्फेक्ट वर्ल्ड’ नामक एल्बम हो । यसमा ‘अल आई वान्ट’, ‘हाइ होप्स’, ‘लभ लाइक दिस्’ जस्ता सर्वाधिक सफल गीतहरू समावेश थिए ।

कोडालाइनको अन्तर्राष्ट्रिय पहिचानको सूत्रधार उनीहरूको गीत ‘अल आई वान्ट’ हो । रिलिजपश्चात तुरुन्त नै यो गीत चर्चामा आएको थियो । त्यसपछि गीतले अनेकौँ रेकर्ड बनायो । गीतलाई त्यो उचाइमा पुर्‍याउन म्युजिक भिडियोको पनि हात छ ।

भलै कोडालाइनको मुख्य खास कुरो आफ्ना कृतिहरूमा ‘आत्मकथा’को महसुस दिनु हो । यसले गर्दा नै उनीहरूले दर्शकको भावनासँग सधैं इमानदार रहन सके । र, सत्यवादी भएर शब्दहरू लेखिरहे । संगीत भरिरहे ।

तर अब ?

अब कोडालाइन इतिहास हुनेछ । सदस्यहरूले प्रशंसकहरूको मर्मलाई बुझे अर्कै घुम्ती पनि आउला । तर त्यस्तो हुने सम्भावना अत्यन्तै कम छ । त्यस्तो नहुने भएपछि प्रशंसकहरूले ‘अल आई वान्ट’का शब्दहरू गुनगुनाइरहनु विकल्प छैन । छुट्टिनु पीडादायी भए पनि शब्दहरूले राम्रो पक्ष हेर्न सम्झाइरहने छ । काँध थमथमाइरहने छ । अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...