Skip to main content

धनगढी न्यूज

महिला हिंसाको ८१ प्रतिशत कारक पुरुष

Advertisement

धनगढी: महिला हिंसाको ८१ प्रतिशत कारक पुरुष रहेको एक तथ्याङ्कले देखाएको छ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदनले महिला हिंसाका कारकमा पुरुषको हिस्सा बढी देखाएको हो। १९ प्रतिशत हिंसा भने पुरुष प्रवृत्तिको महिलाका कारण हुने गरेको जनाइएको छ।

ओरेकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷८२ मा सुदूरपश्चिम प्रदेशमा घरेलु हिंसा ३.६ प्रतिशत, यौन दुव्र्यवहार ५.८ प्रतिशत, बलात्कार १०.१ प्रतिशत, मानव बेचबिखन ७.४१ प्रतिशत रहेको थियो। सुदूरपश्चिम प्रदेशमा दाइजो प्रथा २ प्रतिशत, बालविवाह २५ प्रतिशत रहेको ओरेकको तथ्याङ्कले देखाएको छ। यसैबिच, लैङ्गिक विभेदमा आधारित हिंसा अन्त्य हुनु पर्ने सरोकारवालाले जोड दिएका छन्। शुक्रबार धनगढीमा आयोजना यस्तो जोड दिइएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक गौतम मिश्रले महिलामाथिमात्रै नभइ पुरुषमाथि पनि हिंसा भइरहेको बताए। पुरुषले आफूमाथि भएको हिंसा दर्ता गर्न लाज मान्ने कारणले त्यस्तो हिंसा नदेखिएको भन्दै उनले भने, “तर, पुरुष हिंसा पनि छ। नदेखिएकोमात्रै हो।”

कुनै पनि घटनामा महिला दुई चोटी पीडित हुने गरेको प्रहरीको तर्क छ। एकचोटी पीडित भएर आएको महिला दोस्रो पटक अदालतमा वकिलको प्रवेश भएपछि पीडित हुने गरेको मिश्रले बताए। उनले मानव बेचबिखनको मुद्दा अन्तिममा लेनदेनमा मिल्ने परिपाटीले दोषीले उन्मुक्ति पाइरहेको उल्लेख गरे। महिला सम्बन्धी मुद्दा सहज रुपमा दर्ताका लागि प्रदेशभरीकै महिला प्रहरी सेललाई निर्देशन दिइने मिश्रको भनाइ छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी प्रविधिको दुरुपयोगका कारण पनि महिला पीडित भइरहेको बताइन्। कानुनले महिलालाई धेरै अधिकार दिएको चर्चा गर्दै उनले हिंसा अन्त्य गर्ने सोंचमा अडिग रहन सबैलाई आग्रह गरिन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...