Skip to main content

धनगढी न्यूज

‘देश फर्किन मन छ नि, तर सुरक्षा नै नभएपछि के गर्नु?’

Advertisement

चाहना पुरीले पहिले विदेश जाने कल्पना समेत गरेकी थिइनन्। उनी देशमै बस्ने र केही गर्ने सपना राख्थिन्।

तर रोजगारीका लागि जापानमा रहेका ओमकार गिरीसँग बिहे भएपछि सन् २०११ मा उनी डिपेन्डेन्ट भिसामा जापान गइन्।

‘सुरूमा आउँदा तीन वर्षको भिसा थियो। तीन वर्ष बितेपछि आफ्नै देश फर्किन्छौं भन्ने सोचेका थियौं। तर धेरै वर्ष बिते, हामी यतै रोकियौं,’ चाहनाले भनिन्।

अहिले चाहना र उनका श्रीमान ओमकार जापानमा रेस्टुरेन्ट चलाउँछन्।

जापानको सापोरोमा उनीहरूको इन्डियन–नेपाली खानाका परिकार उपलब्ध हुने ‘बिहानी’ नामको रेस्टुरेन्ट छ। सोही सहरमा अर्को शाखा पनि खोलेका छन्। उनीहरूले रेस्टुरेन्ट व्यवसाय थालेको करिब १४ वर्ष भइसकेको छ।

ओमकार कुक भिसामा सन् २००८ मा जापान गएका थिए। त्यहाँका विभिन्न रेस्टुरेन्टमा काम गर्दै जाँदा, श्रीमती पनि सँगै पुगेपछि उनीहरूले आफ्नै रेस्टुरेन्ट खोलेका हुन्।

रेस्टुरेन्ट चलाइरहँदा पनि धेरै पटक उनीहरूले नेपाल फर्किने सोच बनाए। नेपालमै फर्केर होटल–पर्यटन क्षेत्रमा लगानी गर्ने योजना थियो।

‘मनले नेपालतिरै तानिरहन्थ्यो। तर अचानक कोभिड महामारी आयो। नेपालमा व्यवसायी धेरै थलिएका कुरा सुनियो। कति त अझै उठ्न सकेका छैनन्। त्यसपछि मन यतै गइरह्यो,’ चाहनाले भनिन्, ‘आफ्नो देश फर्किन मन छ नि, तर सुरक्षा नै नभएपछि के गर्नु?’

चाहनाकी बहिनी चितवन सौराहामा होटल व्यवसायमा आवद्ध छिन्। उनले चाहनालाई पनि फर्केर त्यस्तै व्यवसायमा लगानी गर्न सुझाव दिएकी थिइन्।

chahana-puri3-1764518108.jpeg
‘चितवनमा थारू संस्कृति प्रवर्द्धन भएको छ। पोखरामा गुरूङ/मगर संस्कृति प्रवर्द्धन गर्ने र त्यही अनुसार व्यवसाय गर्ने योजना थियो। त्यसताका नेपालमा लन्च बक्सको चलन पनि कम थियो। त्यसमा काम गर्ने कि भन्ने सोच पनि गरिरहेका थियौं। तर अन्त्यमा यतै रोकियौं,’ उनले भनिन्।

पछिल्लो राजनीतिक घटनाक्रमले उनीहरूको त्रास अझै बढाएको छ। व्यवसायमा आगो झोसेको देख्दा मन झन् कुँडिएको उनले बताइन्।

‘केही लगानी गरेको भए पनि असुरक्षित हुने रहेछ। यतै बसेर ठिक गरिएछ भन्ने लागिरहेको छ,’ उनले भनिन्।

अहिले उनीहरूले रेस्टुरेन्टमा ६ जनालाई रोजगारी दिएका छन्। सबै जना नेपाली नै हुन्। रेस्टुरेन्टमा नेपाली–भारतीय स्वादका परिकार, तरकारी, नान–रोटी आदि पाक्छन्।

दुवै शाखामा जम्मा करिब सय जनासम्म एकै पटक बस्ने क्षमता छ। अधिकांश ग्राहक जापानी नै हुन्छन्। थोरै संख्यामा अन्य देशका नागरिक र नेपाली पनि आउँछन्। व्यवसाय राम्रो चलिरहेको चाहनाको भनाइ छ।

कोभिडअघि उनीहरूले २० जनासम्मलाई रोजगारी दिएका थिए। व्यवसाय अत्यन्तै राम्रो चल्थ्यो। रेस्टुरेन्टका चार वटा शाखा विस्तार भएका थिए।

त्यस बेला चाहनाका बच्चाहरू साना थिए। कोभिडको त्रासमा धेरै शाखा चलाउन सकेनन्। एउटा शाखा बेचे, दुइटा पूर्ण रूपमा बन्द गरे।

कोभिडपछि केही समय उनीहरूले एउटा रेस्टुरेन्ट मात्रै चलाए। फेरि करिब दुई वर्षअघि अर्को शाखा सञ्चालनमा ल्याएको उनले बताइन्।

अहिले उनीहरूले जापानमा स्थायी बसोबास अनुमति पाइसकेका छन्। सापोरोमै घर किनेका छन्। उनीहरूका दुई छोरी जापानमै जन्मिएका हुन्। त्यहीँ पढिरहेका छन्।

chahana-puri1-1764518108.jpeg
‘अब त हामी स्थायी रूपमा बस्न थाल्यौं। बच्चाहरू पनि यहाँकै वातावरणमा पढ्दै छन्। अब नेपाल फर्काएर पनि गाह्रो हुन्छ। भविष्य हेर्दा हामी फेरि बच्चाहरू लिएर नेपाल बस्ने गरी फर्किँदैनौं होला,’ उनले भनिन्।

रोजगारी तथा पढाइका लागि ठूलो संख्यामा नेपालीहरू जापान गएका छन्। होटल–रेस्टुरेन्ट, स्याहार–हेरचाह, कृषि लगायत क्षेत्रमा पछिल्लो समय धेरै युवा गइरहेका छन्। तर जापान गएर स्थायी रूपमा बस्ने नेपाली कमै छन्।

जापानमा दस वर्ष बस्दा मात्र स्थायी बसोबास अनुमति पाइन्छ। त्यो अवधिमा नियम–कानुन उल्लंघन गरेको, अपराधिक गतिविधिमा संलग्न भएको वा कुनै कालो सूचीमा परेको हुनु हुँदैन। स्थायी अनुमति दिन आम्दानीको अवस्था पनि हेर्ने प्रचलन रहेको उनले बताइन्।

जापानमा मेहनत अनुसार कमाइ राम्रो हुने भए पनि एजेन्टहरूले सुनाएजस्तो सहज भने नहुने चाहना बताउँछिन्।

‘अहिले धेरै नेपालीलाई धेरै कमाइ हुने लोभ देखाएर एजेन्टहरूले २०–२५ लाख रूपैयाँसम्म लिएर जापान पठाइरहेका छन्। यहाँ ल्याएर अलपत्र पारिदिने घटना धेरै सुन्न पाइन्छ। यस्तोमा युवाहरू सचेत हुनुपर्छ,’उनले भनिन्।

जापानमा एसएसडब्लू भिसाका नाममा पनि ठगी भइरहेको उनले बताइन्।

‘सीप, भाषा सिकेर, दक्ष भएर मात्र जापान आउनू होला, नभए दुःख हुन्छ,’ चाहनाको सुझाव छ।सेतोपाटी बाट साभार

chahana-puri4-1764518108.jpeg

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...