Skip to main content

धनगढी न्यूज

बागमती प्रदेशमा एमाले भन्दा ठूलो बन्यो नेपाली कम्युनिस्ट पार्टी

Advertisement

१८ मंसिर, काठमाडौं । बागमती प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमाले भन्दा ठूलो दल बनेको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका कम्युनिष्ट घटक र दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । ४ मंसिर २०७९ को चुनावमा एमाले बागमती प्रदेशमा दोस्रो दलको रूपमा चुनिएको थियो ।

११९ स्थानीय तह रहेको बागमती प्रदेशमा ११० सदस्यीय प्रदेश सभा छ । २३८ स्थानीय तहका प्रमुख र उपप्रमुख छन् ।

प्रदेश सभामा ३७ सिटसहित कांग्रेस पहिलो दल छ । एमाले २७ सिटसहित दोस्रो दल रहेकोमा अब नेपाली कम्युनिष्ट पार्टीको २८ सिट भएको छ ।

तत्कालीन माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सिट एकीकरणपछि २८ सिट पुगेको हो । बागमतीमा राप्रपा १३, नेमकिपा ३, हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन् ।

स्थानीय तहतर्फ पनि नेपाली कम्युनिस्ट पार्टीले एमालेलाई उछिनेको छ । स्थानीय तहतर्फ बागमतीमा कांग्रेसका १०८ जना प्रमुख/उपप्रमुख छन् । एमालेका ६० जना रहेका छन् ।

माओवादीका ५७ र एकीकृत समाजवादीका ९ जोडिँदा अब नेपाली कम्युनिस्ट पार्टीका ६६ प्रमुख/उपप्रमुख पुगेका छन् ।

अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...