Skip to main content

धनगढी न्यूज

महाधिवेशनको नियतिमा नियतको खोट नलागोस्

Advertisement

अन्ततः १५औँ महाधिवेशनको टुङ्गो लगाएर नेपाली काँग्रेस, पार्टीको आन्तरिक माहौलमा होमिएको छ । नेपाली काँग्रेसको आन्तरिक जीवन मात्रै पार्टीको जीवन्ततासँग मात्रै सम्बन्धित छैन, बरु राष्ट्रिय राजनीतिक जीवनमा पनि यसले विशेष अर्थ राख्छ । एक प्रकारले राष्ट्रको सङ्कटलाई छोडेर आन्तरिक मन्थनमा लामो समय बिताएको नेपाली काँग्रेसमाथि राष्ट्रिय दायित्वका सवालमा आलोचनात्मक टिप्पणीहरू पनि नभएका होइनन्, तथापि नेपाली काँग्रेसको त्यही नीति र निर्णय नै राष्ट्रका लागि सङ्कट निकासका लागि निर्णायक मोड पनि बन्न सक्छ । यो नेपाली काँग्रेसको राष्ट्रिय दायित्व पनि हो ।

नेपाली काँग्रेस आफैमा एउटा ऐतिहासिक पार्टी हो । लोकतन्त्रको पहरेदारका रूपमा देशका हरेक मोडहरूमा नेपाली काँग्रेसले नै नेतृत्व गर्दै आएको छ । आजको राजनीतिमा नेपाली काँग्रेस कहाँ छ ? पार्टी सदस्यता नलिएरै पनि वा नेपाली काँग्रेसलाई नचिनेरै पनि भोट हाल्दा ‘रुख’ खोज्नेहरूले धानेको पार्टी हो नेपाली काँग्रेस । यसका आफ्नै ऐतिहासिक आयामहरू छन्, आफैले कोरेका इतिहासका पानाहरू जिउँदा छन् । यस अर्थमा नेपाली काँग्रेस भनेको कुनै वामपन्थ जस्तो सांगठनिक पार्टी होइन, यो समुदायमा आफै जन्मिएर आफैमा झाँगिएको पार्टी हो । तर यसो भन्दैमा हामीले पार्टीका हरेक तहका नेतृत्व र संगठनलाई कमजोर बनाउने भनेको होइन वा त्यसै छोड्ने भनेको होइन ।

हामीले इतिहास रचेका छौँ भनेर आजको पुस्ता अनि भावी पिँढीका लागि पनि नेपाली काँग्रेस हुनुमा गौरवान्वित हुनसक्ने बनाउनुपर्ने दायित्व आजको नेतृत्वमा छ । हिजो हामीले वा हाम्रा पुर्खाले के गरे त्यसको लेखाजोखामै समय खेर फाल्नु भन्दा पनि अबको पुस्तालाई नेपाली काँग्रेससँग कसरी जोड्ने भन्ने भिजन अहिले पार्टीलाई चाहिएको छ । त्यसकै लागि ‘युथ’ र ‘स्मार्ट’ नेतृत्वको आवश्यकता छ । युवा यस अर्थमा कि त्यो उमेरले होइन पार्टी जोगाउने उसको दूरदर्शनमा भर पर्ने कुरा हो । ‘स्मार्ट’ यस अर्थमा कि आजको पुस्तालाई उसले राजनीति बुझाउन सकोस् वा राजनीतिमा आशा जगाउन सकोस् । देशमै बस्न मन नगरिरहेको युवा पुस्तालाई एउटा ऐतिहासिक र पुरानो पार्टीमा कसरी गाँस्ने अनि उसलाई कसरी टिकाउने भन्ने कुरा अहिलेको नेतृत्वको कार्यशैलीमै निर्भर छ । जेनजी आन्दोलनको एउटा अन्तर्य यो पनि हो ।

जे होस् पार्टीको राजनीतिक जीवनमा नेपाली काँग्रेस यतिबेला अत्यन्तै संवेदनशील घडीमा छ । जेनजी विद्रोहपछि नेपाली राजनीतिमा जुनप्रकारको उथलपुथल आयो त्यसका भयङ्कर बाछिटाले नेपाली काँग्रेस निकै पिरोलियो ।

एउटा कोणबाट हेर्ने हो भने जेनजी आन्दोलनपछिका लगभग अढाई महिनाहरू नेपाली काँग्रेसले खेर फालेकै हो । सुरुका केही दिनको अन्योलबिच नेपाली काँग्रेस सार्वजनिक जीवनमा देखिएन । राष्ट्रिय मुद्दाहरूमाथि नेपाली काँग्रेसले सार्वजनिक बहस नै चलाएको जस्तो देखिएन । त्यसपछिका केही दिन काँग्रेसको नेतृत्वमाथि बहस सुरु हुन थाल्यो । पार्टीकै नेता कार्यकर्ताहरूले नेतृत्व परिवर्तनको बहसलाई यतिधेरै माथि उठाइदिए कि त्यसले पार्टीलाई महाधिवेशनको बाटोमा जानै पर्ने दबाब सिर्जना पनि गर्‍यो ।

यद्यपि गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको एक भावनांश पनि थियो । त्यो विद्रोहको एउटा प्रस्ट आवाज यो पनि थियो कि अब ‘थोत्रिएको नेतृत्व र थोत्रिएको विचार’ ले देश चल्दैन । पार्टी अनि राजनीति चल्दैन । ‘रि–फर्म’ त्यो विद्रोहको एक मुख्य हिस्सा थियो समाज, राष्ट्र, राजनीति र राजनीतिक दलका सवालमा पनि । विद्रोहको त्यही भावमा नेपाली काँग्रेसभित्र पनि नेतृत्व अनि नीति परिवर्तनको बहस चल्यो । जसमा नेपाली काँग्रेस कम्तीमा दुई महिना आन्तरिक बहसमा जम्यो । यो बहस, छलफल अनि आन्तरिक मन्थनले अन्ततः १५औँ महाधिवेशनको बाटो तय गरेको छ । खेर फालिएका भए पनि डेढ महिनाका यी दिनहरू नेपाली काँग्रेसको इतिहासमै महत्त्वपूर्ण क्षणहरूका रूपमा पक्कै लेखिनेछन् ।

 

जे होस् पार्टीको राजनीतिक जीवनमा नेपाली काँग्रेस यतिबेला अत्यन्तै संवेदनशील घडीमा छ । जेनजी विद्रोहपछि नेपाली राजनीतिमा जुनप्रकारको उथलपुथल आयो त्यसका भयङ्कर बाछिटाले नेपाली काँग्रेस निकै पिरोलियो । पार्टीका केन्द्रीय सभापति, जो यो राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो जीवनभरि लडिरहनुभयो उहाँमाथि साङ्घातिक आक्रमण गरियो । पार्टी कार्यालयहरू ध्वस्त पारिए । पार्टी नेताका निजी घरहरू खरानी बनाइए । लोकतन्त्रमा विद्रोह वा विरोधको जग जसले बसाल्यो आखिर उसैमाथि एउटा पुस्ताको नाममा मौलाएको अराजकताले आक्रमण गर्‍यो ।

२०८२ को मंसिरमै नेपाली काँग्रेसको महाधिवेशन हुनुपर्छ भनेर उहाँले आफ्नो अडान अन्तिमसम्म पनि छोड्नु भएन । यद्यपि परिस्थितिले यो मंसिर पनि त्यत्तिकै गुज्रियो ।

तथापि पार्टी सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण र परिपक्व निर्णयका कारण अहिले नेपाली काँग्रेस फेरि एउटा मूलबाटोमा आफूलाई हिँडाउँदै छ । जसरी विद्रोहको भावनालाई स्वीकार गर्दै उहाँले पार्टी नेतृत्व हस्तान्तरणको सहज बाटो खोलिदिनु भयो त्यसले पार्टीलाई नयाँ नेतृत्व, नयाँ सोच र नीति बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसर्थ पनि उहाँको यो अभिभावकीय भूमिकालाई नेपाली काँग्रेसको यो पुस्ताले मात्रै होइन आगामी पुस्ताले समेत सम्झी रहनुपर्छ ।

 

१५ औँ महाधिवेशनका सन्दर्भमा पनि उहाँले निकै मध्यमार्गी बाटो अपनाएर कार्यवाहक सभापतिमार्फत पार्टीलाई एउटा निकासको बाटो देखाउनुभएको छ। जुन कुरा काँग्रेसकै नेता डा. शेखर कोइरालाले पनि बारम्बार भन्दै आउनुभएको थियो । लामो समयदेखि उहाँले पार्टी महाधिवेशन विधानले नै तोकेको समयमा हुनुपर्छ भन्दै आउनु भएको थियो । २०८२ को मंसिरमै नेपाली काँग्रेसको महाधिवेशन हुनुपर्छ भनेर उहाँले आफ्नो अडान अन्तिमसम्म पनि छोड्नु भएन । यद्यपि परिस्थितिले यो मंसिर पनि त्यत्तिकै गुज्रियो । अन्ततः डा. कोइरालाले भन्नु भएजस्तै पार्टी सभापतिले एउटा मझधारको बाटो दिएर पुस २६ देखि नेपाली काँग्रेसको महाधिवेशन हुने भएको छ ।

यसका लागि कोइरालाले लामो समय पार्टीभित्रका विभिन्न पदाधिकारीहरू, नेताहरू तथा युवा कार्यकर्ताहरूसँग समेत निरन्तर छलफलमा रहनुभयो । पटक–पटक पार्टी सभापतिलाई कन्भिन्स गर्नेदेखि सङ्कटका बेलामा उत्तेजक नहुनसमेत उहाँले सम्झाउँदै आउनुभयो र आफूलाई पनि पार्टीभित्रको मध्यमार्गी नेताका रूपमा उभ्याउनु भयो । अन्ततः नेपाली काँग्रेसको आफ्नै चरित्रअनुसार पार्टी विवाद पनि मध्यमार्गी बाटोबाटै समाधान्मुख भयो । त्यसैको प्रतिफल १५औँ महाधिवेशनको मिति हो । हुने नै भएपछि मंसिर र पुसका केही मितिहरूले खासै फरक नपार्लान् ।

यसै पनि चुनाव भन्दा अघि नै नेपाली काँग्रेसको महाधिवेशन हुनैपर्ने थियो । लोकतन्त्रको आलोकमा उज्यालिएको नेपाली काँग्रेसले आफैले त्यसको दियो कहिल्यै निभाउने हरकत गर्न हुँदैनथ्यो ।

हरेक राजनीतिक पार्टीको आन्तरिक जीवनमा महाधिवेशन भनेको एउटा शक्ति हो, जसले पार्टीका भावी गन्तव्य तय गर्छ । डा. कोइरालाले भन्नु भए अनुसार पहिला नै पार्टीको महाधिवेशनबारे निर्णय लिन सकेको भए अहिलेको जस्तो केन्द्रीय समितिको बैठककै लागि नेपाली काँग्रेसले समय खेर फाल्नुपर्ने थिएन । महाधिवेशन कहिले गर्ने भन्ने आन्तरिक विवादमै नेपाली काँग्रेसले खेर गरेका यी डेढ महिनामा राष्ट्रिय सङ्कट मोचनका लागि नेपाली काँग्रेसले उपयोग गर्न सक्थ्यो । खैर, जे भए पनि अब नेपाली काँग्रेस महाधिवेशनमै होमिनु पर्नेछ । त्यसपछि फागुन २१ को चुनाव त अनिवार्य राष्ट्रिय आवश्यकता नै भइहाल्यो ।

यसै पनि चुनाव भन्दा अघि नै नेपाली काँग्रेसको महाधिवेशन हुनैपर्ने थियो । लोकतन्त्रको आलोकमा उज्यालिएको नेपाली काँग्रेसले आफैले त्यसको दियो कहिल्यै निभाउने हरकत गर्न हुँदैनथ्यो । त्यो भएन । राम्रै भयो । कम्तीमा हामीले आगामी फागुन २१ को निर्वाचनमा नेपाली काँग्रेसका नयाँ अनुहारहरू, नयाँ नीति अनि नयाँ नेतृत्वलाई आम मतदाताबिच चिनाउन पाउनेछौँ ।

आफ्नै आन्तरिक जीवनको लोकतन्त्र निभाएर फेरि हामीलाई चुनावमा आम नागरिकका अघि भोट भाग्ने नैतिक अधिकार थिएन पनि । अब भने नेपाली काँग्रेस फेरि एकपटक मजबुतीको जगबाट उठ्ने बेला भएको छ । समय थोरै छ । कार्यभारका दायराहरू साँघुरा छन् । र, पनि महाधिवेशन गर्नैपर्नेछ । यो वा त्यो बहानामा फेरि महाधिवेशन लम्ब्याउने छुट कम्तीमा अब ‘म्याद थपिएका’ पदाधिकारीहरूलाई छैन । त्यो हुन पनि सक्दैन ।

अब महाधिवेशनको कार्यतालिका अनुसार जिम्मेवारी पाएका पदाधिकारीहरूले अब एक निमेष पनि खेर नफालेर काम फत्ते गर्न जरुरी छ । आम कार्यकर्ताहरूले एकपटक पद र प्रतिष्ठाको लोभ नगरेर समग्र राष्ट्रिय दायित्व अनि पार्टीप्रतिको जिम्मेवारी सम्झेर महाधिवेशनमा साझेदारी गर्नु आवश्यक छ । यसरी हर निमेष हामी सबै महाधिवेशनका लागि जुट्यौँ भने पुस २६का लागि थाँती रहेका सबै कामहरू हामीले त्यसअघि नै सक्नेछौँ ।

समय निकै नै छोटो छ । गर्नुपर्ने कामहरू धेरै छन् । यद्यपि महाधिवेशनको मिति घोषणा भए पनि पर्दापछि अझै कैयौँ अन्योल र आशङ्काहरू पनि व्याप्त छन् । तर त्यसलाई पनि हामीले आफ्नो जिम्मेवारीमार्फत निस्तेज पार्न सक्छौँ । किनकि विशेष महाधिवेशनका लागि दुई हजार चार सय ४८ हस्ताक्षरहरू पार्टी कार्यालयमा ताजै छन् । कार्यसमितिले माघ मसान्तसम्ममा आफ्नो पदावधि लम्बाएको छ । यसमा पनि कतिपय आशङ्काहरू उत्पन्न भएका छन् । आशा गरौँ, नियतिको यो सङ्कटपूर्ण घडीमा नेपाली काँग्रेसको नियतमा कालो नपोतियोस् ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...