Skip to main content

धनगढी न्यूज

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

Advertisement

धनगढीः धनगढी उपमहानगरपालिका–१४ फुलबारी एच गाउँका सहकारीमा आबद्ध महिला व्यावसायिक रुपमा भैंसीपालन गरेर गतिलो आम्दानी लिन सफल भएका छन् । फुलबारीकी उर्मिला घलेसँग दुई वटा उन्नत जातका भैंसी छन् । एउटा अनुदानमा अर्को आफैंले किनेको उन्नत जातको भैँसी छ । उनले दैनिक १० लिटर दूध बिक्री गर्छिन् ।

भैँसीकै दूध बेचेर उनको मासिक आम्दानी झण्डै २० हजार रुपैया हुन्छ। विगतमा गृहणीका रुपमा सीमित उर्मिला घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी छिन् ।
उनले फुलबारी एच गाँउका १६ जना महिलाहरु खोजेर सिदार्थ महिला कृषि समुह गठन गरी दर्ता गरेकी हुन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर डडेल्धुराको अनुदानमा १६ जना महिलालाई समुहमार्फत भैंसीपालनका लागि सहयोग गरिएको हो ।

उन्नत जातका भैंसी खरिद गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्र्तगत स्टार्टप अनुदान मार्फत २५ लाख ५५ हजार ५०० रुपैया र समुहबाट २४ लाख ४४ हजार ५०० रुपैया गरी ५१ लख रुपैया समुहको खातमा जम्मा गरिएको उनले बताइन् ।
समुहमा आवद्ध १६ जना महिलाहरुले उन्नत जातको भैंसी खरिद गरी ल्याएको सो समुहकी सचिव उर्मिलाले बताइन् । ‘‘एक भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, उर्मिला भन्छिन् ‘‘ भैँसीको साँझ बिहानको दैनिक १० लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।’’ उनी मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताउछिन् ।

सो अनुदान मार्फत १५ भैंसी र एक रागाबााट व्यवसाय शुरु गरेर यहाँका महिलाहरु आत्मनिर्भर भएको उनले बताईन् । पहिला आर्थिक अवस्था कमजोर हँुदा बालबालिकाको पढाई लेखाईमा समस्या थियो । अहिले भैंसीपालनबाट राम्रो जीवन स्तर सुधार हुँदै गएको उर्मिलाको भनाइ छ ।

“पहिला काम केही थिएन” उनले भनिन, “ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले तपाईहरु समुह बनाउनुहोस् हामी सहयोग गर्छु भनेपछि समुह निर्माण गरेपछि ५० प्रतिशत अनुदानमा भैंसी खरिद गरिएको हो।”
५ जनाको गोठ निर्माण र ११ जनाको सुधारिएको गोठ निर्माण समेत गरिएको छ । सो समुहकी अध्यक्ष दुर्गा कुमारी बुढा तामाङले अहिले भैंसीपालनमा व्यस्थ रहेको बताउँदै भैंसीको दुध विक्रीबाट सबै खर्च टार्ने गरेको बताइन् । उनले एक लिटर दुधलाई ६५ रुपैयाँमा बेच्ने गरेको बताउँदै मासिक  १९ हजार ५०० रुपैया बचत गर्दै आएको उनको भनाइ छ।

‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो’’, तामाङले भनिन्, ‘‘भैँसीले दूध दिन छोडेमा फुलबारीमा रहेको डेरीमा लगेर बेच्छु, म सन्तुष्ट छु ।’’ भैँसीपालन उक्त समुहमा आवद्ध गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ । आयोजनाको अनुदानमा घरमा बसेर व्यावसायिकरुपमा भैंँसीपालन गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्न थालेका हुन् ।

भैंसीपालन गर्दै आएका महिलाले सात महिनामा दैनिक १० लिटर र त्यसपछिका महिनामा ५ लिटर बेच्दै आएका छन् । दूध बेचेको आम्दानीले घर राम्रै चलेको छ, तामाङ भन्छिन्, ‘‘म पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ।’’ घरखर्चका लागि श्रीमानसँग माग्नु नपर्ने उनले बताइन् ।

बजारमा दुधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण दुध विक्री गर्न सहज भएको उनीहरुको भनाइ छ । समुहमा आवद्ध महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् । एक लाख ५० हजार रुपैयाको लागतमा खरिद गरेर ल्याएको भैंसीको रकम पनि असुल भइसकेको उनीहरुको भनाइ छ ।

समुहकी सदस्य लिला लामा तामाङले सात महिनासम्म दुध विक्रीबाट रु. २० हजार कमार घरबार चलाएको बताउँछिन् । उनले भैंसीको दुध विक्री गरे गोठ सुधारका साथै छोरीलाई पार्लर सिकाउँदै छिन् । श्रीमानको मृत्यु भएपछि घर खर्च चलाउन धौं–धौं थियो । अनुदानमा भैंसी किनेपछि जीवन निर्बाह गर्न सहज भइरहेको उनको भनाइ छ ।

मासिक आम्दानीको केही अंश घरखर्च र केही बचत गर्ने गरेका छन् । भैँसी खरिदको लागि अनुदान उपलब्ध भएपछि गृहिणी महिलालाई भैँसीपालन गर्न सहज भएको हो । सो समुहमा आवद्ध महिलाहरुले व्यावसायिक रुपमा भैंसीपालन गरेर आम्दानी गर्न थालेपछि छिमेकीहरु पनि त्यसको सिको गर्न थालेको समूहकी सचिव उर्मिलाले बताइन् ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...