Skip to main content

धनगढी न्यूज

उदयपुर आयुर्वेद स्वास्थ्य केन्द्रमा अनियमितता

Advertisement

विराटनगर । उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा व्यापक आर्थिक अनियमितता र बेथिति भएको घटना सार्वजनिक भएपछि प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई तत्कालै सरुवा गरेको छ ।

औषधी खरिद, स्वास्थ्य शिविर र जडीबुटी उद्यानका नाममा फर्जी बिल बनाएर राज्यको रकम हिनामिना गरेको आरोप लागेका कार्यालय प्रमुख डा. गम्भीर झासहित स्टोरकिपर दिपकला राई र सूचना अधिकारी मुकेशकुमार सिंहलाई मन्त्रालयले सरुवा गरेको हो ।

कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उदयपुर आयुर्वेदमा कार्यरत यी तीनै जना कर्मचारीहरूले नियमसंगत काम नगरेको र आपसी द्वन्द्वका कारण कार्यालयको वातावरण बिगारेको बताएका छन् । मन्त्री राईले भने, ‘उनीहरूबिच ठुलो द्वन्द्व छ, एकले अर्कालाई मान्ने अवस्था छैन । त्यहाँको स्टाफहरूको बिचमा समस्या देखिएपछि तीनै जनालाई त्यहाँबाट हटाएर विभिन्न कार्यालयमा पठाइएको हो ।’

मन्त्री राईले सरुवा मात्रै कारबाहीको अन्त्य नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘सरुवा भएर मात्रै उनीहरूले उन्मुक्ति पाउँदैनन् । उठेको घोटालाको कुरामा यथोचित छानबिन हुन्छ । यदि आर्थिक हिनामिना गरेको ठहरिएमा कानुन बमोजिम कडा कारबाही हुन्छ ।’

मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले कार्यालय प्रमुख डा. झालाई भोजपुर, स्टोरकिपर राईलाई खोटाङ र सूचना अधिकारी सिंहलाई धनकुटा सरुवाका लागि मुख्यमन्त्री कार्यालयलाई सिफारिस गरिएको बताए । ‘मुख्यमन्त्री कार्यालयले सिफारिस स्वीकृत गरेपछि उनीहरूको सरुवा हुन्छ,’ घिमिरेले भने ।

स्वास्थ्य निर्देशनालय धनकुटाका उपसचिव सोम अधिकारीको नेतृत्वमा गठन भएको छानबिन समितिले डा. झाको नेतृत्वमा कार्यालयमा गम्भीर आर्थिक बदमासी भएको प्रतिवेदन बुझाएको थियो ।

जडीबुटी उद्यान निर्माणका लागि आएको ४५ हजार रुपैयाँ डा. झाले जडीबुटी नरोपी फलफूलका बिरुवाको बिल बनाएर निकालेको खुल्यो । अझ रोचक त, उक्त रकम उनले आफ्ना निजी सवारी चालक फाकेन चौधरीको नाममा चेक काटेर भुक्तानी लिएका थिए । छानबिन समितिले बेरुजु देखाएपछि उनले सो रकम फिर्ता गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा डा. झाले सुनसरीको ‘माउन्ट एभरेस्ट होमियो मेडिको प्रालि’ बाट १ लाख ११ हजार ८४८ रुपैयाँ बराबरको औषधी खरिद गरेको बिल पेस गरेका थिए । तर, छानबिन टोलीले स्टोर निरीक्षण गर्दा औषधीको नामोनिसान भेटिएन । बिल भुक्तानी भइसकेको तर सामान स्टोरमा नहुनुले सीधै भ्रष्टाचार भएको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै रानीबास माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरका लागि विनियोजित २ लाख ५० हजार रुपैयाँमध्ये औषधी खरिदको डेढ लाख रुपैयाँमा पनि अनियमितता भएको पाइएको छ । डा. झाले कार्यालयमा पहिल्यै रहेको मौज्दात औषधी बाँडेर नयाँ किनेको भन्दै फर्जी बिल पेस गरेको पाइएको थियो ।

जडीबुटी उद्यान निर्माणका लागि आएको ४५ हजार रुपैयाँ डा. झाले जडीबुटी नरोपी फलफूलका बिरुवाको बिल बनाएर निकालेको खुल्यो । अझ रोचक त, उक्त रकम उनले आफ्ना निजी सवारी चालक फाकेन चौधरीको नाममा चेक काटेर भुक्तानी लिएका थिए । छानबिन समितिले बेरुजु देखाएपछि उनले सो रकम फिर्ता गरेका छन् ।

न्यूनतम सेवा मापदण्ड (एमएसएस) सुधारको ३ लाख रुपैयाँ र योग अभ्यास कार्यक्रमको १ लाख रुपैयाँ पनि बिनाकार्ययोजना र मापदण्डविपरीत खर्च गरिएको प्रतिवेदनमा उल्लेख  छ । आरोपित डा. झाले भने आफू निर्दोष रहेको र कार्यालयभित्रैको गिरोहले आफूलाई फसाउन खोजेको दाबी गरेका छन् । उनले जडीबुटी रोप्ने वातावरण नभएको र शिविरको औषधी खरिदको जिम्मा स्टोर किपरलाई दिएको भन्दै पन्छिन खोजेका छन् ।

यसैबिच जिल्लास्थित कार्यालयहरूबाट हुने यस्ता अनियमितता रोक्न स्वास्थ्य मन्त्री भूपेन्द्र राईले औषधी खरिद प्रक्रियामा नै परिवर्तन गरेका छन् । अबदेखि मन्त्रालयले ‘जी–टु–जी’ (सरकार–सरकार) मोडलमा सिंहदरबार वैद्यखानाबाट सीधै औषधी खरिद गर्ने नीति लिएको छ । छानबिन प्रतिवेदनको आधारमा थप कारबाहीको प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ ।रातोपाटी बाट साभार

Aaurbed (3)

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...