Skip to main content

धनगढी न्यूज

राष्ट्र बैंकले माग्यो अधिकृतदेखि सहायकसम्म ७६ जना कर्मचारी (विज्ञापनसहित)

Advertisement

नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी माग गरेको छ।

शुक्रबार विज्ञापन जारी गर्दै राष्ट्र बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

राष्ट्र बैंकले तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ‍३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक मागेको छ।

त्यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गर्दै आवेदन आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन्।

दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ।

 

परीक्षा दस्तुर तृतीय श्रेणीका लागि कुनै एक समूहका लागि १ हजार रूपैयाँ र समावेशी समूहबाट पनि आवेदन दिँदा प्रत्येकको थप ४०० रूपैयाँ तोकिएको छ।

सहायक द्वितीय श्रेणीका लागि ८०० रूपैयाँ र समावेशी समूहका लागि थप ३०० रूपैयाँ तोकिएको छ।सेतोपाटी बाट साभार

nrb-jagir-1764898692.png

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...