Skip to main content

धनगढी न्यूज

धनगढीमा अध्ययनरत के.आई.सिंह गाउँपालिकाका विद्यार्थीहरुद्धारा क्रिकेटर मल्ललाई सम्मान तथा सरसफाई कार्यक्रम सम्पन्न

Advertisement

खबर सम्वाददाता :पुष्प राज ओझा आज धनगढी उप महानगरपालिकाको वडा नं. २ बैयावेहडी शिवमन्दिर परिसर वरपर सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । यसैविच सोही कार्यक्रममा उदयमान क्रिकेट खेलाडी शेर मल्ललाई सम्मान पनि गरिएको छ । मल्ल सोही के.आई.सिंह गाउँपालिकाका राष्टिय क्रिकेट खेलाडी समेत हुन् । उनले भर्खरै सम्पन्न नेपाल पिर्मियर लिग (NPL) मा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुको स्थानिय अभिभावकको भूमिका निर्वाह गरिरहनुभएका एसपिए कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रकाश बहादुर बलायरले शेर मल्लले क्रिकेट खेलको माध्यमबाट के.आइ.सिंह गाउँपालिका मात्र नभई सिंगो राष्टको शिर उचो बनाउनेमा आफू विश्वस्त रहेको बताउँदै उज्ज्वल  भविष्यको शुभकामना व्यक्त गरेका छन् ।  उक्त कार्यक्रममा डोटीको के.आइ.सिंह गाउँपालिकाबाट धनगढीमा आएर अध्ययन गरिरहेका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विद्यार्थीहरुले पढाइको साथसाथै सामाजिक कार्यमा समेत क्रियाशिल भई सहभागिता जनाउँदै आएका छन् । यसअघि पनि निज विद्यार्थीको समुहले आफ्नो खाजाखर्चबाट जोगाएर धनगढीस्थित मानव सेवा आश्रमका असहाय तथा वृद्धहरुलाई खाजा सहयोग गरेका थिए ।

कार्यक्रममा सहभागी हुँदै एसपिए कलेजका मा.वि. संयोजक रमेश जोशीले आगामी दिनमा पनि एकजुट भई यस्ता विविध सामाजिक कार्यमा समुहले सहभागिता जनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उक्त सरसफाई कार्यक्रममा आफ्नै पालिकाका राष्टिय क्रिकेट खेलाडी शेर मल्लको उपस्थितिले आफूहरु थप उत्साहित हुनुका साथै समाजको लागि केही गर्नुपर्छ भन्ने हौसला प्रदान भएको विद्यार्थीहरुले बताए ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...