Skip to main content

धनगढी न्यूज

आयोगले बोलाएपछि लेखक सभापति देउवासँग परामर्श लिँदै

Advertisement

९ पुस, काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् ।

आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज (बुधबार) सभापति देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवास जाँदै छन् ।

महाराजगञ्ज स्रोतले नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेको छ । तर, समय भने खुलाइएको छैन । ‘छलफलका लागि आउने कुरा छ । आउनुहुन्छ’, स्रोतले भन्यो ।

यसअघि नेता लेखकले अनलाइनखबरसँग आयोगले बयान दिन बोलाएको विषयमो ‘सल्लाह’ गरिरहेको प्रतिक्रिया दिएका थिए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनको भनाइ छ ।

‘पत्र हिजो (मंगलबार) पठाएको छ भन्ने सुनेको छु, तर मैले पाएको छैन,’ अनलाइनखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै लेखकले भने, ‘के गर्ने भनेर सल्लाह गर्दैछु ।’

विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...