Skip to main content

धनगढी न्यूज

गण्डकीमा राष्ट्रिय सभाको अंकगणित, के गरिरहेका छन् दलहरू ?

Advertisement

 फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाको सदस्य पदका लागि माघ ११ गते उपनिर्वाचन हुँदै छ । पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ ।

निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू उम्मेदवार छनोटमा कस्सिएका छन् । नेपाली कांग्रेसले देशभरबाट राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका आकांक्षीको नाम एकैचोटि सङ्कलन गरिरहेको छ ।

गण्डकी प्रदेशमा राष्ट्रिय सभाका २ सदस्यको पद रिक्त हुँदै छ । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् । अब हुने निर्वाचनमा पनि सोही क्लस्टरबाट सांसद निर्वाचित हुनेछन् ।

उम्मेदवार छनोटका लागि के गरिरहेका छन् दलहरू ?

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुनेछन् । यसको अर्थ प्रदेश सांसद नभएका र स्थानीय तहमा जनप्रतिनिधि नरहेका राजनीतिक दलहरूको आफ्नै उम्मेदवार हुने छैनन् । त्यसो हुँदा गण्डकीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (नेपाली कम्युनिस्ट पार्टी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी (नेपाली कम्युनिष्ट पार्टी) र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बाट निर्वाचित जनप्रतिनिधि मात्रै गण्डकीमा छन् । राष्ट्रिय सभामा पनि उनीहरूले नै उम्मेदवार उठाउनेछन् ।

नेसपा (नयाँ शक्ति) बाट एक जना मात्रै सांसद भएका कारण उम्मेदवारका लागि चाहिने प्रस्तावक र समर्थकसमेत पुग्दैनन् । राप्रपाको प्रस्तावक र समर्थक पुग्छन् । जनमोर्चासँग पनि त्यो सुविधा रहन्छ, तर यहाँ प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच हुनेछ । अरुले उम्मेदवार उठाउने वा ठुला दलहरूलाई समर्थन गर्ने टुंगो छैन ।

कांग्रेसले २ सिटको राष्ट्रिय सभा निर्वाचनका लागि ५० जनाको नाम केन्द्रमा पठाएको छ । तीमध्ये ४३ जना पुरुष छन् भने ७ जना महिला छन् । धेरैले प्रदेश सभापति शुक्रराज शर्मालाई टिकट दिनुपर्ने आवाज उठाएका छन्, उनको नाम पनि आकांक्षीका रुपमा सिफारिस भएको छ ।

ठुला तीन दल छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा कांग्रेस पहिलो दल हुन सक्ने सम्भावना हुँदा एमाले दोस्रो तथा नेकपा तेस्रो बन्न सक्छ । तर निर्वाचनमा गठबन्धन भए परिणाम कता जान्छ भन्न सकिँदैन ।

कांग्रेसले सिफारिस भएकै नामबाट उम्मेदवारको टुंगो लगाउन सक्छ । ‘नाम सिफारिस गरिएको छ । अब केन्द्रले गर्ने निर्णय बाँकी छ,’ प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने भन्छन्, ‘हामीले जिल्लाबाट आएका सबै नाम केन्द्रमा पठाएका हौँ । हटाउने वा घटाउने निर्णय प्रदेशले गर्न सक्ने अवस्था थिएन ।’

तर पठाइएका नामहरूमा प्रदेशले राय भने दिएको छ । एमालेले कुनै तयारी गरेको देखिँदैन । एमाले प्रदेशका सचिव धनन्जय दवाडीका अनुसार पार्टीले हालसम्म कुनै निर्देशन जारी गरेको छैन । ‘केन्द्रबाट केही निर्देशन आएको छैन । तलबाट सिफारिस नमाग्दासम्म केही भन्ने कुरा भएन,’ उनले भने, ‘केन्द्रले नमागी सिफारिस गर्ने कुरा पनि भएन । हामी अलमलमै छौँ ।’ एमालेले सीधै टिकट थमाएर उम्मेदवार पठाउने सम्भावना पनि अधिक देखिन्छ ।

विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी एकतामा रहेका दलहरूबिच छलफलमै छ । साविक माओवादीको प्रदेश अध्यक्ष गायत्री गुरुङ पार्टीभित्र आन्तरिक छलफल चलिरहेको बताउँछिन् । ‘प्रदेशबाट नाम माग गरेको छ । यहाँबाट सिफारिस गर्ने नाममा सामान्य छलफल भैरहेको छ, तर टुंगिएको छैन,’ उनले भनिन्, ‘जिल्लाबाट नेताहरूसँग पनि हामीले सुझाव लिइरहेका छौँ । दुईवटै क्लस्टरमा ५/५ जनाको नाम पठाउने तयारी छ ।’ केहीदिनभित्रै नामको टुंगो लाग्ने उनले बताइन् ।

कुन दलको के छ हैसियत ?

ठुला तीन दल छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा कांग्रेस पहिलो दल हुन सक्ने सम्भावना हुँदा एमाले दोस्रो तथा नेकपा तेस्रो बन्न सक्छ । तर निर्वाचनमा गठबन्धन भए परिणाम कता जान्छ भन्न सकिँदैन । राष्ट्रिय सभामा सांसद र स्थानीय तहका जनप्रतिनिधिको मतभार फरक हुन्छ । अध्यावधिक विवरण अनुसार प्रदेश सांसदको मतभार ४८ बाट बढेर ५३ पुगेको छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ ।

प्रदेशमा कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये कांग्रेसबाट ६७ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २ सय ७३ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेश सभामा १ हजार १ सय ६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३ सय ३० मतभार हुन्छ ।

अहिलेसम्म दलहरू गठबन्धन गर्ने वा एक्लाएक्लै निर्वाचनमा सहभागी हुने कुनै निर्णयमा पुगेका छैनन्, तर हालको गठजोड हेर्दा कांग्रेस र एमालेको गठबन्धनले निरन्तरता पाए अरु दलहरूले गण्डकीबाट राष्ट्रिय सभा सांसद पाउने सम्भावना छैन ।

नेपाली कम्युनिस्ट पार्टीका ७ सांसदको मतभार ३ सय ७१ र स्थानीय तहका ३० जनप्रतिनिधि (एकीकृत समाजवादीको १ समेत) को ५ सय ७० मतभार हुन्छ । पोखरा महानगरका मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित प्रदेशका एक्ला जनप्रतिनिधि हुन् ।

यस्तै राष्ट्रिय जनमोर्चासँग ५७ मतभार छ । स्थानीय तहमा ३ वटा पद जनमोर्चाले जितेको थियो । राप्रपासँग १ सय ६ मतभार छ । प्रदेश सभामा २ सांसद राप्रपाको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को ५३ मतभार छ । यहाँ एकजना सांसद नयाँ शक्तिका छन् । समग्रमा हिसाब गर्दा कांग्रेसले २ हजार ७ सय ४ मतभार होल्ड गरेको छ । नेकपा एमालेको २ हजार ४ सय ९६ र नेपाली कम्युनिस्ट पार्टीले ९ सय ४१ मतभार छ ।

प्रतिस्पर्धा गठबन्धन कि एक्लाएक्लै ?

अहिलेसम्म दलहरू गठबन्धन गर्ने वा एक्लाएक्लै निर्वाचनमा सहभागी हुने कुनै निर्णयमा पुगेका छैनन्, तर हालको गठजोड हेर्दा कांग्रेस र एमालेको गठबन्धनले निरन्तरता पाए अरु दलहरूले गण्डकीबाट राष्ट्रिय सभा सांसद पाउने सम्भावना छैन ।

एक्लाएक्लै निर्वाचनमा गए दुवै सिट कांग्रेसले जित्न सक्छ । अहिले रिक्त हुन लागेको सिटमध्ये एउटा नेपाली कम्यनिस्ट पार्टी र अर्को नेकपा एमालेको हो । एमाले र नेकपा मिल्दा मात्रै पुरानो सिट जोगाउन सक्छन् । यहाँ राष्ट्रिय राजनीतिको निर्णयले भूमिका खेल्नेछ ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...