Skip to main content

धनगढी न्यूज

‘सरप्राइज’ एकता गरेका जसपा नेपाल र लोसपा नेपालले कसरी टुङ्ग्याउँदैछन् समानुपातिक उम्मेदवार ?

Advertisement

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार पार्टी एकताको घोषणा गर्दै राजनीतिक वृत्तलाई गतिलो ‘सरप्राइज’ दिएका थिए । पार्टी एकताकै भोलिपल्ट अर्थात् सोमबार प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको सूची बुझाउने समयसीमा समाप्त हुँदैछ ।

दुवै दलका तर्फबाट कसरी समानुपातिक उम्मेदवार छानिएलान् भन्नेबारे स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ । यद्यपि, दुवै दलका नेता यसमा कुनै ठुलो समस्या नरहेको बताउँछन् । उनीहरूले आजै निर्धारित समयभित्रै समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गरी काम भइरहेको रातोपाटीलाई जनाएका छन् ।

लोसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार चुनावसम्म दुवै पार्टीबाट समान प्रतिनिधित्व हुने गरी समन्वय समिति बनाउने र निर्वाचनसम्म त्यो समन्वय समितिले नै पार्टीको सम्पूर्ण जिम्मेवारी लिने सहमति भएको छ ।

समानुपातिक उम्मेदवार पनि त्यही समन्वय समितिले छान्ने जानकारी दिँदै उनले दुवै पार्टीबाट आएका सूची निर्वाचन आयोगमा बुझाउने र २६ गते समन्वय समितिको निर्देशन अनुसार उक्त सूचीमा आवश्यक ‘करेक्सन’ गरिने बताए ।

एकीकृत पार्टीको नाम, चुनाव चिह्न, अध्यक्ष, पदाधिकारी लगायतको चरणमा प्रवेश नै नगरिएको शुक्लाको भनाइ छ । यसबिचमा अरु पार्टी पनि एकतामा आउन लागेको जानकारी दिँदै उनले यसबारे त्यही समन्वय समितिले आवश्यक निर्णय गर्ने उनले प्रस्ट पारे ।

‘हामी एउटै चुनावचिह्न लिएर चुनावमा जाने हो, त्यसका लागि हामी एउटा निर्णयमा पुग्छौँ,’ शुक्लाले रातोपाटीसँग भने, ‘त्यसलाई दुई अध्यक्ष बसेर फाइनल गर्नुहुन्छ । त्यसलाई नै मानेर जाने भन्ने सहमति भइसकेको छ ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज र भोलि जनकपुरमा व्यस्त भएकाले उनी फर्किएपछि मात्र अन्य विषयमा छलफल अघि बढ्ने शुक्लाले जानकारी दिए ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले दुई पार्टीबिच एकीकरण भइसकेको जानकारी दिँदै एकीकृत पार्टीकै तर्फबाट समानुपातिक उम्मेदवारको सूची बुझाइने बताए । यद्यपि, एकीकृत पार्टीको नाम फाइनल गर्न बाँकी रहेको उनको भनाइ छ । ‘बेलुकासम्म हामी पार्टीको नाम र उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गरी तयारी गरिरहेका छौँ,’ उनले भने ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...