18
Sep
धनगढी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल धनगढीमा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सो कार्यालयले सुपथ मूल्यको सहुलियत पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्यको सहुलियत पसलबाट उपभोक्तालाई विभिन्न प्रकारको चामल र चिनीप्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गर्ने कार्य भइरहेको प्रमुख दीपक थापाले बताए । उनका अनुसार प्रतिकेजी ६२ रुपियाँ पर्ने अरुवा मोटा चामल ५७ र प्रति केजी ८८ रुपियाँ पर्ने जिरा मसिनो चामल ८३ रुपियाँमा बिक्री भइरहेको छ । २५ केजीको अरुवा मोटा चामल प्रतिबोरा एक हजार ४२५ र जिरा मसिनो चामल प्रतिबोरा…






