Skip to main content

धनगढी न्यूज

कम्पनीको सेयर अवमूल्यन भएको कसरी थाहा पाउने?

Advertisement

सेयर बजारमा कुनै कम्पनी सस्तो देखिनु र वास्तवमै मूल्य अवमूल्यन हुनु फरक कुरा हो।

सेयरको वास्तविक मूल्य पत्ता लगाउन सेयरको बजार मूल्यलाई सधैं वित्तीय सूचकसँग तुलना गर्नुपर्छ। वित्तीय सूचक बिना गरिएको मूल्यांकन अनुमानमा आधारित हुन्छ। त्यसैले बजार मूल्यलाई कम्पनीको आम्दानी, सम्पत्ति र नाफाको अवस्थासँग दाँजेर हेर्नुपर्छ।

कुनै कम्पनीले निरन्तर नाफा गरिरहेको हुन सक्छ। आम्दानीमा ठूलो उतारचढाव नदेखिएको हुन सक्छ। तर बजारले त्यसलाई पर्याप्त महत्व नदिएको हुन सक्छ।

यस्तो अवस्थामा वित्तीय सूचकले देखाएको वास्तविक क्षमता र बजार मूल्यबीच दूरी देखिन थाल्छ। यो मूल्य अवमूल्यनको संकेत हुन सक्छ। तर एक वर्षको सूचकको आधारमा मात्र यसलाई विश्लेषण गर्नु हुँदैन।

मूल्य अवमूल्यन भए वा नभएको बुझ्न कम्पनीहरूको पिबी रेसियो हेर्न सकिन्छ।

कुनै कम्पनीको बजार मूल्य र त्यसको बुक भ्यालू (नेटवर्थ) बीचको सम्बन्ध देखाउने वित्तीय सूचक हो।

कम्पनीको सेयरको हालको बजार मूल्यलाई प्रति सेयर बुक भ्यालूले भाग गर्दा यो अनुपात निस्किन्छ। यसले बजारले कम्पनीको नेटवर्थ र सम्पत्तिलाई कति मूल्य दिएको छ भन्ने देखाउँछ।

यदि कुनै कम्पनीको सम्पत्ति (एसेट) बलियो छ, नेटवर्थ स्वस्थ छ र ऋण व्यवस्थापन ठिक छ, तर बजार मूल्य बुक भ्यालूको तुलनामा कम छ भने मूल्य अवमूल्यन भएको मान्न सकिन्छ।

तर पिबी रेसियोलाई मात्र लगानीको आधार बनाउन हुँदैन। यदि सम्पत्तिको गुणस्तर कमजोर छ, खराब कर्जा बढ्दो छ वा संस्थागत सुशासनमा समस्या छ भने पिबी रेसियो कम हुन सक्छ। त्यसैले हरेक वित्तीय सूचकलाई सन्दर्भ सहित हेर्नुपर्छ।

त्यस्तै नाफा मूल्यांकनमा प्रतिसेयर आम्दानी (इपिएस) धेरै प्रयोग हुने वित्तीय सूचक हो। तर इपिएस धेरै हुनुभन्दा यसको स्थायित्व बढी अर्थपूर्ण हुन्छ।

कुनै वर्ष इपिएस अचानक बढ्नुको कारण एक पटकको आम्दानी, सम्पत्ति बिक्री वा अस्थायी लाभ हुन सक्छ। यस्तो इपिएसले कम्पनीको दीर्घकालीन क्षमता प्रतिनिधित्व गर्दैन। इपिएस दर विगतदेखि सकारात्मक छ कि छैन, यसमा क्रमशः सुधार हुँदै गएको छ कि छैन भन्ने हेर्नु नै मूल्य अवमूल्यन बुझ्ने सही तरिका हो।

यदि इपिएस र नगद प्रवाह (क्यास फ्लो) जस्ता कम्पनीका प्रमुख वित्तीय सूचकहरू स्थिर देखिन्छन्, तर बजार मूल्य त्यस अनुसार समायोजन भएको छैन भने सेयर मूल्य अवमूल्यन भएको हुन सक्छ।

नगद प्रवाह भनेको कुनै निश्चित अवधिमा कम्पनीभित्र वास्तविक रूपमा भित्रिएको र बाहिरिएको नगदको प्रवाह हो। यो सूचक कम्पनीको क्यास फ्लो स्टेटमेन्टमा हुन्छ।

प्रायः कम्पनीहरूले पत्रिकामा प्रकाशित गर्नेमा भन्दा वेबसाइटमा राख्ने पूर्ण वित्तीय विवरणमा यो सूचक राखेका हुन्छन्।

क्यास फ्लो स्टेटमेन्टमा रहेको अपरेटिङ क्यास फ्लो हेर्दा यदि सञ्चालनगत नगद प्रवाह लगातार सकारात्मक छ भने कम्पनीको मुख्य व्यवसायबाट नै नगद आइरहेको छ भन्ने यसले संकेत गर्छ। यसले कम्पनीको अवस्था बलियो रहेको मानिन्छ।

यसलाई कम्पनीको नाफासँग तुलना गर्नुपर्छ। नाफा देखिएको छ तर नगद प्रवाह कमजोर वा नकारात्मक छ भने नाफा कागजी मात्र हुन सक्छ।

मूल्य अधिमूल्यन वा अवमूल्यन भएको छ वा छैन भनेर हेर्न सकिने अर्को सूचक हो पिई रेसियो।

कम्पनीको बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा यो अनुपात निस्कन्छ। यसले कम्पनीले कमाइरहेको एक रूपैयाँलाई लगानीकर्ताले कतिसम्म हालिरहेका छन् भनेर देखाउँछ। सामान्यतया यो सूचक अनुपात २५ भए राम्रो मानिन्छ। सो भन्दा कम भए सेयर अवमूल्यन भइरहेको समेत मानिन्छ।

तर कहिलेकाहीँ कम्पनीको अन्य वित्तीय अवस्थाले समेत मूल्य अवमूल्यन भइरहेको हुन सक्छ। त्यसैले समकक्षी कम्पनीहरूको यस्तो अनुपात तुलना गरेर र अन्य वित्तीय सूचक हेरेर समेत लगानी नीति भने बनाउनुपर्छ।

यसरी सेयर मूल्य अवमूल्यन भए वा नभएको हेर्न सकिन्छ।

मूल्य अवमूल्यन पहिचान गर्नु भनेको बजार मूल्य र वित्तीय सूचकले देखाएको वास्तविक क्षमताबीचको अन्तर बुझ्नु हो।

यो अन्तर ठूलो छ र अन्य समस्या देखिँदैन भने दीर्घकालीन लगानीकर्ताका लागि यो अवसर हुन सक्छ।

त्यसैले बजारले ढिलो प्रतिक्रिया दिए पनि वित्तीय सूचकको कारण कुनै समय वास्तविक मूल्य प्राप्त हुन सक्छ। सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...