Skip to main content

धनगढी न्यूज

कानुनविद्सँग गगन-विश्वले भने : विशेष महाधिवेशनको माग बेवारिसे हुन दिन्नौं

Advertisement

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने बताएका छन् ।

कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् ।

‘विधानत: ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट छौं । अझै पनि हाम्रो प्रयास केन्द्रले आफैं बोलाउनुपर्छ भन्ने छ । त्यसका लागि लागेका छौं, अन्तिमम्म लाग्नेछौं,’ उनीहरूको भनाइ थियो, ‘केन्द्रले बोलाएन भने यो माग बेवारिशे हुन सक्दैन विधान र कानुनबमोजिम पुरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हामीले सचेततापूर्वक पुरा गर्नुपर्छ, गर्नेछौं ।’

निर्वाचन अगाडि महाधिवेशन गरेर  नयाँ उर्जा, नीति, संकल्पसहित निर्वाचनमा जानुपर्ने पर्छ भन्ने विषय राजनीतिक विषय भएकाले आफूहरू निरन्तर प्रयत्नमा रहेको महामन्त्रीद्वयको भनाइ थियो । ‘हामीले बारम्बार भनेका छौं– नेतृत्वमा हामी को रहने भन्ने विषय गौण हो । पार्टीको अस्तित्व, पद्दतिको विषय महत्वपूर्ण हो ।’अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...