Skip to main content

धनगढी न्यूज

बारा-३ मा एमालेले चुनाव गरेर छान्यो उम्मेदवार, अध्यानन्द पाण्डेलाई शत प्रतिशत मत

Advertisement

नेकपा (एमाले)ले बारा-३ बाट मतदान गरेर उम्मेदवार छानेको छ।

एक महिलासहित तीन जना सिफारिस गर्नुपर्ने अवस्थामा सहमति नजुटेपछि बारा-३ मा मतदान गरेर एमालेले उम्मेदवार सिफारिस गरेको हो।

यसबाट अध्यानन्द पाण्डे, यम समुल्लाह र सीमा ठकुरी सिफारिस भएका छन्।

एमाले बारा जिल्ला अध्यक्ष समेत रहेका पाण्डेले शत प्रतिशत मत पाएर पहिलो नम्बरमा सिफारिस भएका छन्।

उनी जिल्ला अधिवेशनमा पनि संस्थापन इतरबाट उम्मेदवारी दिएर विजयी भएका थिए। त्यतिबेला उनले केपी ओली पक्षका टिना सुवेदीलाई पराजित गरी जिल्ला अध्यक्ष निर्वाचित भएका थिए।

दोस्रो नम्बरमा ३७ मत ल्याएर यम समुल्लाह र ३६ मत प्राप्त गर्दै सीमा ठकुरी उम्मेदवार सिफारिस भएका छन्।

निर्वर्तमा सांसद ज्वाला साहले ४ मत पाएकी छन्। त्यस्तै टीना सुवेदीले शून्य, सीता सुवेदीले १, गायत्रीदेवी साहले ५ मत पाएको क्षेत्रीय समितिका एक सदस्यले जानकारी दिए। सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...