Skip to main content

धनगढी न्यूज

फैसला कार्यान्वयनको दबाबपछि मन्त्री थापासहित १२ जनाले कैद किने

Advertisement

धनगढी:  सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिरबहादुर थापासहित १२ जनाले कैद सट्टा जरिबाना तिरेका छन्। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार उनीहरूले कैद किनेका हुन्।

जेल ब्रेकसम्बन्धी मुद्दामा मन्त्री थापासहित २१ जनालाई छ महिना कैद सजाय बाँकी थियो। तीमध्ये १२ जनाले प्रतिदिन ३०० रुपैयाँका दरले जरिबाना तिरेका छन् भने चार जनाको मृत्यु भइसकेको छ। पाँच जनाले अझै कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला अदालत कञ्चनपुरका तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए।

“उहाँहरूलाई छ महिनाको कैद भएको थियो,” ओझाले भने, “दिनको तीन सय रुपैयाँका दरले कैदको जरिबाना तिर्न सकिने दफा १५५ को सुविधा छ। सोही अनुसार रकम तिरिएको हो।” ओझाका अनुसार एक वर्षसम्म कैद सजाय हुने कसुरमा कैद सट्टा जरिबाना तिर्ने कानुनी व्यवस्था छ। “त्यस किसिमका मुद्दामा कारागार बस्न नपर्ने प्रावधान कानुनमै छ,” उनले बताए।

यसअघि जिल्ला अदालत कञ्चनपुरले पटक–पटक प्रहरीलाई कैद भुक्तानका लागि लगत पठाए पनि मन्त्री थापालाई पक्राउ गर्न प्रहरी सक्रिय देखिएको थिएन। अदालतले प्रहरीबाहेक स्थानीय तह तथा अन्य सरकारी कार्यालयलाई समेत पत्राचार गर्दै कैद भुक्तान नगरेका व्यक्तिका सबै सरकारी सुविधा रोक्न आदेश दिएको थियो।

माओवादीमा आबद्ध रहँदा थापा २०५८ मंसिर २९ गते कञ्चनपुरको दैजीबाट पक्राउ परेका थिए। २०६१ भदौ २६ गते कञ्चनपुर कारागारबाट जेल ब्रेक गरी फरार भएका उनी सोही मुद्दामा छ महिनाको कैद सजाय तोकिएका थिए। लामो समय माओवादी राजनीतिमा सक्रिय थापा हाल नेकपा एमालेमा आबद्ध छन्। उनी एमालेबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित भई प्रदेशसभा सदस्य हुँदै कृषि मन्त्री बनेका हुन्।

मन्त्री थापाले भने उक्त घटनालाई राजनीतिक द्वन्द्वकालसँग जोड्दै आएका छन्। “यो द्वन्द्वकालको राजनीतिक घटना हो,” उनले बताउँदै आएका छन्। पछिल्लो समय सुदूरपश्चिममा फैसला कार्यान्वयनका लागि प्रहरीको नयाँ टोली परिचालन भएपछि पक्राउ पर्ने आशंकामा मन्त्रीसहित १२ जनाले दफा १५५ को सुविधा लिएको चर्चा छ।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...