Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका लागि एमालेबाट ६८ जना सिफारिस

Advertisement

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। प्रदेशका विभिन्न जिल्लाबाट एकल नामसहित विभिन्न आकांक्षीको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

पार्टी उपमहासचिव लेखराज भट्टलाई कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि एकल नाममा सिफारिस गरिएको छ। भट्टको नाम डोटीबाट समेत सिफारिस गरिएको छ। त्यसैगरी दार्चुलाबाट पार्टी केन्द्रीय सदस्य गणेश ठगुन्ना, बैतडीबाट केन्द्रीय सदस्य दामोदर भण्डारी र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट डाक्टर दिपकप्रकाश भट्टलाई पनि एकल उम्मेदवारका रुपमा सिफारिस गरिएको छ।

दार्चुला जिल्लाबाट गणेश ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी सिफारिस हुँदा बझाङबाट ऐन महर, मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस सूचीमा परेको छ। डडेलधुराबाट पठानसिंह बोहरा, चक्र स्नेही र ज्ञानु गैरे सिफारिस भएका छन्।

डोटी जिल्लाबाट लेखराज भट्ट, चक्र मल्ल, मञ्जु मलासी, दीर्घ वोगटी, दीपक धामी, गोविन्द पार्की, महेश्वर भाट र दिनेश घर्ती सिफारिस भएका छन्। अछाम जिल्लामा क्षेत्र नम्बर १ बाट कमलराज तिमिल्सेना, झपट बोहरा, मनसरा साउँद, कृष्णप्रसाद जैशी, तिलक कुँवर, जनक रावल, मोति विक, पूर्ण साउँद र केशर साउँद सिफारिस भएका छन्। क्षेत्र नम्बर २ बाट यज्ञबहादुर बोगटी, शिवप्रसाद उपाध्याय, चन्द्रबहादुर बोहरा, बमबहादुर विसी, नरेशकुमार शाही, सिद्धप्रसाद ढुंगाना, हस्तना चन्द र भीम जनाला सिफारिस सूचीमा छन्।

बाजुराबाट कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्र शाही, काशीबहादुर विक र रामलाल कार्की सिफारिस भएका छन्।

कैलाली जिल्लामा क्षेत्र नम्बर १ बाट द्वारिका न्यौपाने, ध्रुव खत्री, प्रेम चौधरी, डिल्लीराज जोशी, प्रकाश खड्का, लक्ष्मण थापा, तपेन्द्र रावल र चन्द्रावती शर्मा सिफारिस भएका छन्। क्षेत्र नम्बर २ बाट झपट रावल, कमला ओली र महादेव बजगाईं सिफारिस हुँदा क्षेत्र नम्बर ३ बाट गौरिशंकर चौधरी, ममता प्रसाद चौधरी र छायादेवी देवकोटा सिफारिस भएका छन्। क्षेत्र नम्बर ५ बाट नारदमुनि राना, यज्ञराज ढुंगाना र सरिता सिजापतीको नाम अघि सारिएको छ।

कञ्चनपुर जिल्लामा क्षेत्र नम्बर १ बाट तारा लामा तामाङ, कमला बोहरा र इन्दु कडरिया सिफारिस भएका छन् भने क्षेत्र नम्बर २ बाट नरबहादुर धामी, अशोककुमार चन्द र पार्वती जोशी सिफारिस भएका छन्। क्षेत्र नम्बर ३ बाट डाक्टर दिपकप्रकाश भट्टलाई एकल सिफारिससहित अघि सारिएको छ।

पार्टीका अनुसार सिफारिस भएका नामहरूलाई केन्द्रमा पठाइएको र अन्तिम उम्मेदवारको टुङ्गो  केन्द्रीय नेतृत्वले गर्नेछ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...