Skip to main content

धनगढी न्यूज

आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा : ४ भारतीय जेल चलान, ३ जना धरौटीमा रिहा

Advertisement

२४ पुस, काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्ने/खेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले चार जनालाई ठगीको कसुरमा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । भारतका ५७ वर्षीय सुरेश महाजन, भारतकै ३९ वर्षीय प्रमोद मौर्य, भारतकै ३२ वर्षीय विक्रम सिंह र भारतमै ३७ वर्षीय दिनेश बर्मा कारागार चलान भएका हुन् ।

अदालतको आदेश अनुसार उनीहरुलाई सुन्धारास्ति केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

त्यसैगरी सुनसरीकी ३५ वर्षीया चिजा खड्का र काठमाडौंकी ४० वर्षीया भवानी पाण्डे अदालतको आदेश अनुसार जनही एक/एक लाख धरौटी तिरेर छुटेका छन् ।

अर्का चिनियाँ नागरिक वाङ, पुफा यान होउ ५ लाख धरौटी तिरेर रिहा भएका छन् । यो प्रकरणमा संलग्न रहेको आरोपमा क्यासिनो सञ्चालक, विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा (मुकेश) नाम गरेका व्यक्ति भने फरार छन् ।

म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्दै करोडौं ठग्न खोज्ने भारतीय महाजन समूहले ठूलो रकम ठग्ने योजना बनाएर खेलाउन खोजेको थियो ।

महाजन समूहले नेपालमा क्यासिनो इभेन्ट गर्ने भन्दै क्यासिनो बुक गर्ने र खेल्ने व्यक्तिका लागि भन्दै पाँचतारे होटलमा ११० वटा कोठासमेत बुक गरेर ठग्ने योजना बनाएको थियो ।

क्यासिनो र बुक गरेर आफैंले इभेन्ट आयोजना गर्ने भन्दै महाजनले जुवा खेलाउने गरेका थिए । यसरी खेलिने तासको व्यवस्थापन पनि महाजन आफैंले गर्थे ।

त्यसका लागि उनले तासमा म्याग्नेट तथा चिपहरू जडान गर्ने गरेका थिए । अनि ती चिपसँग कनेक्ट गर्न अर्को आई लेन्सको पनि व्यवस्था गरेका थिए । आँखामा आई लेन्स लगाएपछि पछाडितर्फबाटै कसलाई के तास पर्‍यो भन्ने जानकारी हुने र त्यहाँ आफूले नै खडा गरेका डमी खेलाडीले पछाडिबाटै तास चिनेपछि सोहीअनुसार खेल खेल्ने गरेको प्रहरीले बताएको थियो ।

यसका लागि उनले भारतबाटै क्यासिनो खेल्ने पेसेवर व्यक्ति तथा मोटा रकम भएका व्यक्ति खोज्ने र भारतबाटै आफूले डमी खेलाडीका रूपमा व्यक्ति तयार गरेर ल्याएर खेलाउँथे ।

ती डमी खेलाडीले आँखामा आइलेन्स राखेपछि कसलाई के तास पर्‍यो भन्नेबारे सबै जानकारी पाउँथे अन्लाईन खबर बाट साभार ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...