Skip to main content

धनगढी न्यूज

इरानमा प्रदर्शनका क्रममा २ हजारभन्दा बढीको मृत्यु, ट्रम्पले भने, ‘मद्दत आउँदैछ’

Advertisement

तेहरान । इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा फौजको दमनबाट २ हजारभन्दा बढी मानिसको मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ। यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई मद्दत ‘आउँदैछ’ भन्दै ढाडस दिएका छन्।

अमेरिकामा रहेको ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले इरानमा इन्टरनेट बन्द रहे पनि पछिल्लो १७ दिनको विवरण सङ्कलन गर्दै १ हजार ८ सय ५० प्रदर्शनकारी, १३५ जना सरकारी पक्षका व्यक्ति, ९ जना सर्वसाधारण र ९ जना बालबालिका मारिएको पुष्टि गरेको छ।

एक इरानी अधिकारीले पनि रोयटर्सलाई २ हजार जनाको मृत्यु भएको बताएका छन् तर उनले यसमा ‘आतंककारी’ को हात रहेको दाबी गरेका छन्। एचआरएएनएले मंगलबार मात्रै मृत्यु हुनेको सङ्ख्या २ हजार ३ पुगेको र थप ७ सय ७९ जनाको मृत्युको रिपोर्ट जाँच गरिरहेको बताएको छ।

यता अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको विषयमा गम्भीर चासो व्यक्त गरेका छन्। उनले ह्वाइट हाउस फर्कने क्रममा हत्याको शृङ्खला ठुलो देखिए पनि यकिन विवरण आउन बाँकी रहेको बताए। ट्रम्पले आफ्नो ट्रुथ सोससल प्लेटफर्ममा इरानी अधिकारीहरूले हत्याको ‘ठुलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिँदै जनतालाई प्रदर्शन जारी राख्न आग्रह गरेका छन्।

उनले हत्या नरोकिएसम्म इरानी अधिकारीहरूसँगको सबै भेटघाट रद्द गरेको बताउँदै ‘मेक इरान ग्रेट अगेन’ को नारा समेत दिएका छन्। अमेरिकाले यसअघि नै इरानसँग व्यापार गर्ने कुनै पनि देशमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ।

इरानी मुद्राको अवमूल्यन र आकासिँदो महँगीका कारण सुरु भएको प्रदर्शन अहिले ३१ वटा प्रान्तका १८० भन्दा बढी सहरमा फैलिएको छ। सुरुमा आर्थिक मुद्दामा केन्द्रित यो आन्दोलन अहिले राजनीतिक परिवर्तनको मागमा परिणत भएको छ र यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै सत्ताका लागि सबैभन्दा गम्भीर चुनौती बनेको छ।

इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द गरेर सुरक्षाकर्मीले घातक बल प्रयोग गरिरहेका छन्। नर्वेस्थित इरान ह्युमन राइट्सले कम्तीमा ७३४ प्रदर्शनकारी मारिएको पुष्टि गरेको छ भने वास्तविक सङ्ख्या हजारौँ हुन सक्ने बताएको छ। तेहरानको कहरीजक फरेन्सिक सेन्टरमा मानिसहरूले आफ्ना आफन्तका शव खोजिरहेका भिडियोहरू सार्वजनिक भएका छन्।

अस्पतालहरू घाइते र मृतकले भरिएका छन् भने चिकित्सकहरूले अभावका कारण अस्पतालको अवस्था ‘युद्धमैदान’ जस्तै भएको बताएका छन्।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...