Skip to main content

धनगढी न्यूज

निर्वाचन आयोगमा पुग्यो दुई पत्र– विशेष महाधिवेशन पक्षधरको हिजो, देउवा पक्षको आज

Advertisement

नेपाली कांग्रेसको विवाद निर्वाचन आयोगमा पुगेको छ।

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको पत्र पठाएको खुलेको छ।

त्यस्तै आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाहीको पत्र पनि आयोगमा बुझाएको छ।

‘विशेष महाधिवेशन भइरहेको पत्र आयोगमा हिजै दर्ता भएको छ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सेतोपाटीसँग भने, ‘आज नेपाली कांग्रेस केन्द्रीय कार्यलयका तर्फबाट अर्को पत्र आएको छ। दुबै पत्र हेर्न पाइएको छैन।’

नेपाली कांग्रेसको दोस्रो महाधिवेशन भृकुटीमण्डपमा जारी छ। अहिले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया चलिरहेको छ। कांग्रेसको महाधिवेशन जारी रहँदा बुधबार महामन्त्रीद्वय सहित तीन जनालाई केन्द्रीय कार्यसमितिले कारबाहीको निर्णय गरेको हो। सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...