Skip to main content

धनगढी न्यूज

थारु समुदायमा माघी पर्व आजबाट सुरु

Advertisement

धनगढीः थारु समुदायमा आजबाट माघी पर्व सुरु भएको छ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका थारू बस्तीलाई यतिबेला माघी पर्वको रौनकले छपक्कै छोएको छ। हरेक वर्ष आउने थारू समुदायको प्रमुख पर्व माघी इतिहास परापूर्वकालदेखि मनाउदै आईरहेको थारू अगुवाहरुको भनाइ छ। पुस अन्तिम दिन आज जिता मारेसँगै (सुङ्गुर काट्ने) सुरुहुने पर्व तीन दिनसम्म धुमधामसँग थारु समुदायले मनाउने गर्छन्।

माघी थारू समुदायको प्रमुख चाड मात्रै नभएर नयाँ वर्षका रुपमा समेत विविध रुपमा मनाउने गरिएको छ। भोलि माघ १ गतेबाट थारु सम्वत २६४९ सुरु हुने कैलालीको गोदावरी नगरपालिका-८ फकलपुरका थारु अगुवा तथा अभियान्ता माधब थारुले बताए। थारू समुदायका गाउँबस्तीमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकमा रमेका छन्।

माघीमा संस्कृतिको संरक्षण गर्दै आएका थारू समुदायले माघी पर्वका अवसरमा छोराछोरीको बिहे, अंशबन्डा, खेतीपाती तथा अन्य कामको वार्षिक योजना निर्माण कार्यसमेत गर्ने गरेको थारुको भनाई छ। थारू समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिक्री, अन्धीको रोटी, सुँगुरको मासु, लोकल रक्सी, तरुल र सक्खरखण्ड उसिनेर खाने चलन रहिआएको छ।

आजको रात थारू समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछ। माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई रुपैँया अथवा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि निसराउ काहार्ने (चामल, नुन, हल्दी आदी सामान थोरै-थोरै निकाल्ने) पुर्खा, मान्यजनबाट आशिर्वाद लिने र मिठो परिकार खाने चलन रहेको अभियान्ता थारुले जानकारी दिए।

पर्वको अन्तिम दिन घरपरिवार, गाउँ समाजको नयाँ नेतृत्वकर्ता चयन गर्ने, बिहे भएका छोरी चेलीलाई निसराउ दिने काम गरिन्छ। यो दिनलाई ‘खोज्नीबोज्नी वा माघी देवानी’ भन्ने गरिन्छ। यस दिन भल्मन्सा चुन्ने गरिन्छ। यस दिन भल्मन्सा चयन नगरेका समुदायले अन्य दिन पनि गर्ने चलन रहेको छ।

सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा 

सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पुस ३० गते सार्वजनिक बिदा दिएको छ। पश्चिम नेपालका थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले आज बिदा दिएको हो। पुस महिनाको अन्तिम दिन थारु समुदायमा ‘जिता पर्व’का रूपमा बंगुर (जिता) मारेर सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहेको छ।

यही कारण प्रदेश राजपत्रमा पुस ३० गतेलाई ‘जिता पर्व’ उल्लेख गर्दै सार्वजनिक बिदा तोकिएको छ। पुसको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष कार्यक्रमसहित पर्व मनाइन्छ। माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछिका दिनहरूमा स्थानीय तहबाट पनि बिदा दिने प्रचलन रहँदै आएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...