Skip to main content

धनगढी न्यूज

सुदूरको पहाड यात्रामा बालेन, यस्तो छ आजको कार्यतालिका

Advertisement

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेशमा छन्।

उनी चुनावी प्रचारप्रसारका लागि सुदूरपश्चिम आइपुगेका हुन्। मंगलवार कैलाली, कञ्चनपुरमा आयोजित कार्यक्रममा सहभागी भएका बालेन बुधवार भने सुदूरकै पहाडी जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदैछन्। बालेनले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा हुने कार्यक्रममा सहभागिता जनाउनेछन्।

यस्तो छ कार्यतालिका
क्षेत्रः डडेलधुरा, बैतडी, दार्चुला र बझाङ
प्रदेशः सुदूरपश्चिम प्रदेश

बिहान ९ः३० बजे

तुफानडाँडा, डडेलधुरा– घण्टीघर (जिल्ला पार्टी सम्पर्क कार्यालय)

अपराह्न १२ः३० बजे

पाटन, बैतडी — पार्टी सम्पर्क कार्यालय

दिउँसो ४ः०० बजे

गोकुले, दार्चुला — पार्टी सम्पर्क कार्यालय

राति ८ः०० बजे

बुङ्गल, बझाङ

बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन्। उनी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन्। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...