Skip to main content

धनगढी न्यूज

क्याम्पसका स्ववियुद्वारा सुदूरपश्चिम विश्वविद्यालय प्रशासनसमक्ष २० बुँदे संयुक्त ज्ञापन पत्र पेश

Advertisement

धनगढी: सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूले विश्वविद्यालय प्रशासनसमक्ष  विभिन्न माग सहित  २० बुँदे ज्ञापनपत्र बुझाएका छन्।  संयुक्त ज्ञापन–पत्र बुझाउँदै उनिहरूले शैक्षिक, प्रशासनिक तथा विद्यार्थीका तत्काल समाधान गर्नुपर्ने मागहरू अघि सारेका छन्।

विश्व विद्यालयका उपकूलपति प्राध्यापक डा. हेमराज पन्त र रजिष्ट्रार प्राध्यापक डा. विनोद लेखक समक्ष  संयुक्त ज्ञापन पत्र बुझाउँदै केही विषय क्याम्पसस्तरबाट समाधान हुन नसक्ने भएकाले विश्वविद्यालयको ध्यानाकर्षण गराइएको जनाएको छ। ज्ञापन–पत्रमा परीक्षा प्रणाली, नतिजा प्रकाशन, अनलाइन सेवा, पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन, छात्रवृत्ति, विभिन्न क्याम्पसका अतिक्रमित भूभागहरु फिर्ता ल्याउन पहल गर्ने, विश्वविद्यालयमा रोजगारी व्यवस्था इकाई स्थापना गर्नुपर्ने लगायत मुख्य विषय समेटिएका छन्।

युनियनले सेमेस्टर प्रणालीअन्तर्गत अन्तिम परीक्षा बीचको अन्तराल घटाई परीक्षा तालिका छोटो र सान्दर्भिक बनाउन, मध्यावधि परीक्षा अनिवार्य गर्न, आन्तरिक मूल्याङ्कन र अन्तिम नतिजा एकीकृत रूपमा मार्कसिटमा समावेश गर्न माग गरेको छ। साथै अनलाइन परीक्षा फाराम प्रणाली पूर्ण रूपमा व्यवस्थित गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पसमा विद्यार्थी भर्ना र शैक्षिक शुल्क अनलाइनमार्फत बुझाउने व्यवस्था मिलाउनुपर्ने, वार्षिक शैक्षिक कार्यतालिका  सार्वजनिक गर्नुपर्ने र परीक्षामा बारम्बार देखिने त्रुटिहरूको स्थायी समाधान गर्नुपर्ने माग पनि गरिएको छ।

ज्ञापन–पत्रमा विश्वविद्यालय सेवा आयोगलाई पूर्ण रूपमा सक्रिय बनाई दक्ष प्राध्यापकको विज्ञापन गर्न, प्राध्यापक अभावको समस्या समाधान गर्न तथा अध्ययनका क्रममा आकस्मिक समस्यामा परेका विद्यार्थीका लागि आपतकालीन सहयोग कोष स्थापना गर्नुपर्ने माग समेटिएको छ।

युनियनले स्ववियु प्रतिनिधिलाई विश्वविद्यालयका विभिन्न समिति र सभामा अनिवार्य सहभागिता गराउनुपर्ने, सापेक्षिक ग्रेडिङ प्रणाली लागू गर्नुपर्ने तथा विश्वविद्यालयले अन्य संघ–संस्थासँग गरेको शैक्षिक सहकार्य सम्झौता (एमओयू) विद्यार्थी हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ।

युनियनका अनुसार मागहरू यथाशीघ्र सम्बोधन नभएमा आगामी दिनमा थप सशक्त कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिइएको छ। संयुक्त ज्ञापन–पत्रमा सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसका स्ववियु अध्यक्षहरूको हस्ताक्षर रहेको छ।दिनेश खबर बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...