Skip to main content

धनगढी न्यूज

हिमपातका कारण मध्यपहाडी लोकमार्ग पुन: अवरुद्ध, यात्रु अलपत्र

Advertisement

४ माघ, रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो ।

​जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार हिमपातसँगै त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। मौसम प्रतिकूलताका कारण सञ्चार सम्पर्क समेत विच्छेद भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौंबाट रुकुम पूर्व हुँदै रुकुम पश्चिम र डोल्पाका लागि हि‍ंडेका यात्रुबाहक बस तथा अन्य सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। चिसोका  कारण सडकमा अलपत्र परेका यात्रुहरू बिचल्लीमा परेका छन् ।

​रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले सडक खुलाउनका लागि भूमे गाउँपालिकाको केन्द्रबाट जेसिबी (डोजर) पठाइएको जानकारी दिइन् । ‘सडक खुलाउने प्रयास भइरहेको छ तर वर्षा नरोकिएकाले काम सुरु गर्न कठिन भएको छ’, प्रजिअ परियारले भनिन्, ‘वर्षा रोकिने बित्तिकै हिउँ पन्छाएर यातायात सुचारु गरिनेछ ।’

​उच्च हिमाली क्षेत्र भएकाले उक्त खण्डमा बर्सेनि हिउँ परेर सडक अवरुद्ध हुने गरेको छ । यसपटकको बाक्लो हिमपात र फोन नेटवर्कले काम नगर्दा उद्धार तथा समन्वयमा समेत कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ।

अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...