Skip to main content

धनगढी न्यूज

कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता

Advertisement

धनगढीः प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता छ।

छाडा चौपाया समस्याका कारण हिउँदेबाली जोगाउन हम्मेहम्मे भएको छ। उनीहरूलाई चुनावी कुरा र भाषण सुन्नुभन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने पिरलो छ। यतिबेला गहुँ, मुसुरोलगायतका हिउँदेबाली पसाउने र दाना लाग्ने क्रममा छ। यसैबेला छाडा चौपायाले धेरै नोक्सान गरिरहेकाले कृषिबालीको चिन्ता रहेको कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताए। उनले गहुँ, मुसुरो जोगाउन रातभर खेतमा जाग्राम बस्ने गरेको भन्दै थपे, “चुनाव जितेकाले हामी किसानलाई मतलब गर्दैनन्। चुनावभन्दा पनि हामीलाई आफ्नै बाली जोगाउने चिन्ता छ।”

कैलालीको कैलारी, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडीलगायत तराईका सबै पालिकामा छाडा चौपायाको समस्या छ । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले करोडौँ खर्च गरिसकेका छन् तर समस्या अझै ज्युँका त्युँ छ। दिनभर जङ्गलमा बस्ने छाडा चौपाया राति खेतमा पुगेर कृषिबालीमा नोक्सान गर्ने गरेको किसानले बताएका छन्।

बाली जोगाउन रातभर खेतमा जाग्राम बस्ने र दिनभर घरकै काममा व्यस्त रहने गरेका कारण चुनावप्रति खासै चासो नदिएको कैलारी गाउँपालिका–५ का कृषक बाँधुराम डङ्गौराले बताए। उनले रातभरि खेतमा बसेर बाली खान आएका चौपायालाई धपाउने गरेको उल्लेख गरे।

चुनाव आएका बेला राजनीतिक दल र नेताले छाडा चौपाया समस्या समाधानसहित किसानलाई आवश्यक पर्ने कृषि सामग्री, मलखादलगायतबारे चिल्ला कुरा गर्ने तर जितेपछि समस्या नहेर्ने गरेको किसानको गुनासो छ। कृषिप्रधान देशमा किसान समस्यैसमस्याबाट गुज्रिँदै आएको भन्दै उनीहरूले दलका नेता, उम्मेदवारलाई किसानको समस्यालाई चुनावी एजेन्डामा समेट्न आग्रह गरेका छन्।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...