Skip to main content

धनगढी न्यूज

बझाङको सुनकुडा माविको भवन निर्माणमा भ्रष्टाचार: प्रधानाध्यापकसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

Advertisement

धनगढी:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा २६ लाख ५४ हजार रुपैयाँभन्दा बढी अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रधानाध्यापकसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अनुसन्धान अनुसार ३ तले १२ कोठे नमूना विद्यालय भवन निर्माणमा सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै बोलपत्रबिनै निर्माण गराइएको, वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी भुक्तानी गरिएको र नगरेको कामलाई गरेजस्तो देखाइएको पाइएको छ। यस क्रममा सार्वजनिक निर्माणतर्फ १७ लाख ७५ हजार रुपैयाँ र विद्युत् तथा औजार शीर्षकमा २ लाख २६ हजार रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा भुक्तानी गरिएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा कर कट्टा नगरी विद्यालयको आन्तरिक कोषबाट ६ लाख ५२ हजार रुपैयाँभन्दा बढी कर दाखिला गरिएको पाइएको छ।

अनुसन्धानबाट विद्यालयको कुल २६ लाख ५४ हजार ६८३ रुपैयाँ १२ पैसाको सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिना, दुरूपयोग तथा गैरकानुनी लाभ लिएको भन्दै अख्तियारले चार्जसिटमा उल्लेख गरेको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसूर ठहर गरिएको छ।

अख्तियारका अनुसार विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्टविरुद्ध संयुक्त रूपमा २६ लाख ५४ हजार रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सब–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख १ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ।

सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिना र दुरूपयोग गरेको ठहरसहित सबै प्रतिवादीविरुद्ध बिगो असुल उपर र कानुनअनुसार सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...