Skip to main content

धनगढी न्यूज

मोरङ-४ : हिजोका सहकर्मी आज प्रतिस्पर्धी

Advertisement

१५ माघ, विराटनगर । मोरङ-४ मा विगतका दुई निर्वाचनमा सहकार्य गरेका नेताहरू नै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी बनेका छन् । जसको केन्द्रमा छन्  पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमनलाल मोदी र कांग्रेस महामन्त्री गुरुराज घिमिरे ।

२०७० सालमा २८ वर्षकै उमेरमा संविधानसभा सदस्य बनेका मोदीले त्यसपछिका दुईवटै प्रत्यक्ष निर्वाचन जितेर संसदीय यात्रामा ह्याट्रिक गरिसकेका छन् ।  चौथो पटक संसद् छिर्ने उनको यात्रा यसपटक ‘अग्निपरीक्षा’ जस्तै बनेको छ ।

मोदीको जितको इतिहासमा कहिले एमालेले त कहिले कांग्रेसले साथ दिएका थियो । २०७४ को निर्वाचनमा उनले वाम गठबन्धनका तर्फबाट चुनाव जित्दा नेकपा एमालेबाट जीवन घिमिरेले सघाए । उनी क्षेत्र नम्बर ४(ख)बाट विजयी भएर प्रदेशको मन्त्रीसमेत बने ।

२०७९ को निर्वाचनमा समीकरण फेरियो । तत्कालीन माओवादी केन्द्रले कांग्रेससँग तालमेल गर्दा कांग्रेस नेता गुरुराज घिमिरेले मोदीलाई सघाए । मोदी प्रतिनिधिसभाको उम्मेदवार बन्दा उनी प्रदेशसभाको उम्मेदवार बनेका थिए । मोदी जितेर संसद् पुग्दा गुरुराज प्रदेश सभा (४ क) मा पराजित भए ।

अहिले परिस्थिति फेरिएको छ । न एमालेसँग तालमेल छ, न त कांग्रेससँग । मोदी एक्लै मैदानमा छन् र उनको मुख्य प्रतिस्पर्धा पुराना सारथि जीवन घिमिरे (एमाले) र गुरुराज घिमिरे (कांग्रेस) सँग छ ।

जीवन र गुरुराज दुवै गत निर्वाचनमा प्रदेशसभामा पराजित भएका थिए । प्रदेशसभा र पार्टीको  प्रदेश अधिवेशनमा सभापतिमा पराजित भएका गुरुराज राजनीतिक रूपमा ओझेल परेका थिए । तर जेनजी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका उनी पुन: पार्टी राजनीतिको केन्द्रमा छन् ।

यो क्षेत्रमा नयाँ शक्तिको रुपमा उदाएको  राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वपत्रकार सन्तोष राजवंशीको उम्मेदवारीले प्रतिस्पर्धा पेचिलो बनेको छ ।

मोदी र घिमिरेद्वय विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारको राजनीतिमा आएका नेता हुन् । २०५६ सालदेखि माओवादीमा लागेका मोदी २०६० सालमा पक्राउ परे । उनले दुई वर्ष तीन महिना जेलमा बिताए । राजनीतिक आन्दोलनका क्रममा घिमिरेद्वय पनि पटकपटक हिरासमतमा बसेका छन् ।

१ लाख १९ हजार २५५ मतदाता रहेको मोरङ-४ थारु बाहुल्य क्षेत्र हो । ग्रामथान र कटहरी गाउँपालिका सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ गरी जम्मा २३ वटा वडा यो क्षेत्रमा छन् ।

पुरुष मतदाता ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छ । १ जना अन्य मतदाता रहेका छन् । मतदानका लागि यस क्षेत्रमा ४० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र तोकिएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले बलियो छ । यो क्षेत्रको २३ वडाहरूमध्ये एमालेले १८ वटा वडा जितेको छ । नेपाली कांग्रेसले ३ वडा र माओवादी केन्द्रले मात्र १ वडा जितेको थियो ।

२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अमनलाल मोदीले ३० हजार ६१२ सहित विजयी हुँदा एमाले उम्मेदवार विनोद ढकालले २४ हजार ४६३ मत प्राप्त गरेका थिए ।

गत मंसिरमा भएको उपनिर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका थिए ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...