Skip to main content

धनगढी न्यूज

इस्लामावादमा नमाज भइरहेको मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु, १६९ घाइते

Advertisement

पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक शिया मुस्लिम मस्जिदमा आत्मघाती वम विस्फोटमा हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्।

शुक्रबार इस्लामावादको तरलाईस्थित इमामबारगाह खदिजतुल कुबरामा रहेको मस्जिदमा नमाजको समयमा आत्मघाती विस्फोट भएको हो।

घटनामा तीन जनाको संलग्नता रहेको बिबिसीले जनाएको छ। विस्फोटमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्।

यो सन् २०२३ जनवरीपछि देशमै भएको सबैभन्दा घातक आक्रमण हो।

त्यसबेला उत्तर–पश्चिमी शहर पेशावरको एक मस्जिदमा भएको विस्फोटमा एक सयभन्दा बढी मानिस मारिएका थिए।

शुक्रबार विस्फोट हुँदा मस्जिदमा ४०० जनाभन्दा बढी मानसहरू रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

‘हामीले नमाज सुरु गरेका थियौं, त्यत्तिकैमा गोली चलेको आवाज आयो, त्यसपछि ठूलो विस्फोट भयो,’ ४७ वर्षीय नमाजी सैयद अमीर हुसेन शाहले सीएनएनसँग भने, ‘म पनि घाइते भएँ।’

घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा मस्जिदको भुइँमा रगतले लतपतिएका शवहरू, सिसाका टुक्रा र भग्नावशेष देखिएका छन्।

इस्लामाबादस्थित पीआईएमएस अस्पतालमा घाइते काकालाई भेट्न पुगेका २४ वर्षीय शोएबले सिएनएनसँग भनेका छन्-यो मेरो जीवनकै सबैभन्दा डरलाग्दो दृश्य थियो, जसको मैले कल्पना पनि गरेको थिइनँ। नमाजकै बीचमा गोलीको आवाज आयो, केही सेकेन्डपछि कान ठप्प पार्ने विस्फोट भयो। सबैजना बाहिर भागे, केहीले घाइतेलाई अस्पताल पठाउन थाले। मेरो काकाको खुट्टामा चोट लागेको छ।’

इस्लामाबादस्थित अमेरिकी दूतावासले आक्रमणको निन्दा गरेको छ।

‘नागरिक र धार्मिक स्थानमा हुने आतंक र हिंसा अस्वीकार्य छन्। पाकिस्तानका जनताले भयविहीन रूपमा आफ्नो आस्था अभ्यास गर्ने अधिकार पाउनुपर्छ,’ दूतावासले भनेको छ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले निर्दोष नागरिकलाई लक्षित गर्नु मानवताविरुद्धको अपराध भएको बताएका छन्। अफगानिस्तानको विदेश मन्त्रालयले पनि मस्जिद र धार्मिक आस्थामाथि भएको आक्रमण इस्लामी र मानवीय मूल्यविरुद्ध भएको प्रतिक्रिया दिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले गृहमन्त्री मोहसिन नकवीलाई घटनाको निष्पक्ष र द्रुत गतिमा छानबिन गर्न निर्देशन दिएका छन्। घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

गत नोभेम्बरमा इस्लामाबादमै भएको बम विस्फोटमा १२ जनाको मृत्यु भएको थियो, जुन झण्डै दुई दशकयताकै सबैभन्दा ठूलो आत्मघाती आक्रमण मानिएको थियो।सेतोपाती बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...