Skip to main content

धनगढी न्यूज

प्रधानमन्त्री कार्कीको निर्देशन : निर्वाचनमा झडप र बहिष्कारकर्ताप्रति सतर्क रहनू

Advertisement

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छिन्।

उनले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुमपूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिन्।

उनले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबीचको प्रतिष्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गरिन्।

पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएका र जसले निर्वाचनको समयमा तनाव बढाउनसक्ने बताइन्। यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ।

निर्वाचन बहिष्कार गर्ने समूहहरूबारे बोल्दै उनले यस्ता बहिष्कारकर्ताहरूको प्रभावकारिता कमजोर देखिएको बताइन्।

उनकाअनुसार कतिपयले निर्वाचन बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन (चन्दा/पैसा असुली) गर्ने प्रवृत्ति अपनाएका छन्।

उनले कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि उल्लेख गरिन्। यद्यपि, यस्ता गतिविधिप्रति तर्क रहनुपर्नेमा जोड दिइन्।थाहाखबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...