Skip to main content

धनगढी न्यूज

अर्थले वित्तीय समानीकरण अनुदान कतौती गरेपछि बिच्कियो वित्त आयोग

Advertisement

१८ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा वित्तीय समानीकरण अनुदान कतौतीको निर्णय गरेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बिच्किएको छ ।

आयोगले प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण सिफारिस गर्ने व्यवस्था आयोगमा निहीत रहेको स्पष्ट पारेको छ । साथै प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने अधिकार समेत आयोगमा रहेको बताएको छ ।

सो अधिकार प्रयोग गरी आयोगले सिफारिस गरेको अनुदान कतौतीको निर्णय अर्थ मन्त्रालयले गरेसँगै आयोग बिच्चिएको हो । चालु आवका लागि आयोगबाट भएको सिफारिस र संसदबाट पारित बजेट अनुसारको रकम हस्तान्तरण गर्न आयोगले अर्थ मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

यसअघि लक्ष्य भन्दा कम राजस्व उठेको भन्दै अर्थ मन्त्रालयले स्थानीय र प्रदेशमा जाने वित्तीय समानीकरण अनुदानमा तेस्रो किस्ताबाटै कटौती थालेको थियो । अर्थ मन्त्रालय, वित्तीय संघीयता समन्वय महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै चालु आवको ६ महिनासम्म ८१.७५ प्रतिशत मात्र राजस्व उठेको उल्लेख गरी सोही अनुपातमा मात्र प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न भनेको छ । यस अनुसार अब तेस्रो किस्तावापत जाने २५ प्रतिशत हिस्सामध्ये २०.४३ प्रतिशत मात्र रकम स्थानीय र प्रदेशले वित्तीय समानीकरण अनुदानवापत पाउने छन् ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार तेस्रो त्रैमासिक अवधिसम्म ७५ प्रतिशत रकम हस्तान्तरण हुनुपर्ने थियो । तर, अर्थको निर्णयपछि अब ७०.४३ प्रतिशत मात्र रकम हस्तान्तरण हुनेछ । आर्थिक वर्षको बीच र अन्त्यमा वित्तीय समानीकरण अनुदान कटौती गर्ने अर्थको निर्णयप्रति हरेक वर्ष स्थानीय र प्रदेश सरकारले आपत्ति जनाउने गरेका छन् ।

यसले आफ्नो वार्षिक कार्यक्रम र बजेट कार्यान्वयन प्रभावित हुने उनीहरुको तर्क छ । अर्कोतर्फ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको रकम खर्च नभई निष्क्रिय रहने तर संघीय सरकारले नगद अभावका कारण सार्वजनिक ऋण लिनुपर्ने विरोधाभासपूर्ण स्थिति छ ।

संघीय सरकारले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म प्रदेश र स्थानीय सरकारलाई करिब २ खर्ब अन्तरसरकारी वित्तीय हस्तान्तरण गरिसकेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले चालुु आव सोही अवधिमा प्रदेशको विनियोजित अनुदानको ३९.१४ प्रतिशत र स्थानीय तहको ४७.६० प्रतिशत अनुदान हस्तान्तरण भएको हो ।

अर्थ मन्त्रालयले गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा अनुसार संघीय सरकारले प्रदेश सरकारलाई ३८ अर्ब १८ करोड ७२ लाख र स्थानीय तहमा १ खर्ब ५२ अर्ब ४६ करोड ४ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ । संघीय सरकारले चालु आवको बजेट मार्फत प्रदेश र स्थानीय तहका लागि चार वटै अनुदान (समानीकरण, ससर्त, समपूरक र विशेष ) गरी कुल ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख विनियोजन गरेको छ । यो विनियाजन संघीय बजेटको २१.२७ प्रतिशत हो ।

चालु आव पुससम्म संघीय सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र आन्तरिक अन्तःशुल्कबाट संकलित राजस्वमध्ये प्रदेश र स्थानीय तहलाई १५/१५ प्रतिशतका दरले पुस मसान्तसम्म कुल ६९ अर्ब १५ करोड ५० लाख उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशको कुल २ खर्ब ८७ अर्ब ७० करोड बजेटमध्ये पुससम्म जम्मा १४.१६ प्रतिशतमात्र खर्च भएको छ । उक्त बजेट खर्चमध्ये पूँजीगत खर्चको अवस्था अत्यन्त न्यून ९.३३ प्रतिशत मात्रै हो । तर, स्थानीय तहका लागि हस्तान्तरण गरिएको कुल रकममध्ये ५६.८२ प्रतिशत खर्च भएको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा प्रविष्ट बजेटका आधारमा कुल बजेटको २३.९ प्रतिशत खर्च भएको देखिन्छ ।

स्थानीय तहका सरकारको विरोध

संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान कटौती गरेपछि स्थानीय सरकारका छाता संगठनले विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले विज्ञप्ति जारी गर्दै करिब पाँच प्रतिशत रकम कटौतीको विरोध गरेका हुन् ।

संघीय सरकार र अर्थमन्त्रीबाट पूर्वप्रतिबद्धता व्यक्त गरिए पनि त्यस विपरीत अनुदान कटौती गरिएको भन्दै स्थानीय तहका छाता संस्थाहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

निर्वाचन सम्पन्न गराउने सीमित कार्यादेशसहित गठन भएको सरकारले संसदबाट स्वीकृत बजेटमा कटौती गर्नु उपयुक्त नभएको उनीहरूको भनाइ छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा गरिएको निर्णयलाई उनीहरूले अव्यवहारिक तथा संघीय प्रणालीको मर्म विपरीत रहेको टिप्पणी गरेका छन् ।

गत भदौ २३ र २४ गते भएका घटनाबाट विभिन्न स्थानीय तहका भौतिक संरचनामा क्षति पुगेकाले थप स्रोत आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारहरूले अतिरिक्त अनुदानको माग गरेका थिए । यस्तो अवस्थामा उपलब्ध अनुदान नै घटाइएको निर्णयले वित्तीय संघीयता कार्यान्वयनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको उनीहरूको धारणा छ ।

निर्णय पुनरावलोकन नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी उनीहरुको छ । वित्त आयोगले समेत आफ्ना प्रतिवेदनहरुमा आर्थिक वर्षको बीचमा अनुदान कटौती नगर्न सचेत गराउँदै आएको थियो । यस पटक भने आयोगले लिखित निर्णय गरेर सरकारको निर्णयको विरोध गरेको हो अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...