Skip to main content

धनगढी न्यूज

सरकारले भन्यो- दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज हुन्छ

Advertisement
काठमाडौँ : सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने बताएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको छ।

मन्त्रालयले नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको जनाएको छ।

पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा समेत बिक्री डिपो खोल्ने व्यवस्था मिलाउने र यसको अग्रिम जानकारी सम्बन्धित सबैलाई दिने, इण्डियन आयल कर्पोरेसनसँग समन्वय गरी हाल भइरहेको आयात र वितरणलाई थप व्यवस्थित तुल्याउने जनाएको छ।

पेट्रोलियम पदार्थका बिक्रेताबाट सवारीसाधनमा भर्नेबाहेक भण्डारण गर्ने प्रयोजनका लागि इन्धन उपलब्ध नगराउने बताइएको छ। यस्तै डिलर तथा बिक्रेताहरूको नियमित अनुगमन गरी मौज्दात विवरण सङ्कलन तथा अद्यावधिक गर्ने र पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति निरन्तर भइरहेकाले अनावश्यक भण्डारण गरेर नराख्न सबैलाई अनुरोध गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले खाद्यान्न तथा नुनको सहज आपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई निर्देशन दिने निर्णय गरेको छ। अत्यावश्यक खाद्यान्न तथा नुनको सहज आपूर्ति व्यवस्थालाई निरन्तरता दिने र आफू मातहतका गोदामहरूमा भएको मौज्दातको विवरण सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय मन्त्रालयले गरेको छ।थाहा खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...