Skip to main content

धनगढी न्यूज

यही आर्थिक वर्षबाट मेलम्चीको ‘हेडवर्क्स’ सार्ने काम थालिदै

Advertisement
काठमाडौँ : मेलम्चीमा खानेपानी आयोजनाको दातृनिकाय एशियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानीको मुहान क्षेत्र( हेडवर्क्स) सार्न सुझाव दिएको दुई वर्षपछि सरकारले सार्ने भएको छ।

मेलम्ची खानेपानी विकास समितिले यो आर्थिक वर्षबाट नै हेडवर्क्स सार्नै काम थालिने जनाएको छ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार अहिले हेडवर्क्स सार्नका लागि टेन्डर आह्वान भएर पनि डिजाइनको काम भइरहेको छ।

‘सरकारले हेडवर्क्स सार्न सहमति प्रदान गरिसकेको छ, त्यसैले अहिले डिजाइनको काम भइरहेको छ’, उनले भने, ‘यो काम सकेर यही आर्थिक वर्षको अन्तबाट नभए नयाँ आर्थिक वर्षबाट नै हेडवर्क्स सार्ने काम सुरु हुन्छ।’

एडीबीले २०८० सालमै २०७८ मा आएको भीषण बाढीपहिरो जोखिमको अध्ययन गरी दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई मेलम्ची खानेपानीको हेडवर्क्स सार्न सुझाव दिएको थियो।

एडीबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब १ किलोमिटर माथि सार्न सुझाव दिएको छ। यही आयोजनाको हेडवर्क्स सार्नका लागि एडिबीले २ अर्ब अनुदान पनि दिइसकेको छ।

०८१ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले पनि मेलम्ची खानेपानीको हेडवर्क्स सार्ने सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो तर काम भने सुरु हुन सकेको थिएन।

अब भने सरकारले तीव्र रूपमा हेडवर्क्स सार्न प्रक्रिया अगाडि बढाइसकेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताए। हेडवर्क्स सारेपछि काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी आउने उनले जानकारी दिए।

०७८ देखि नियमित आउन सकेको छैन् मेलम्ची पानी

मेलम्ची खानेपानी आयोजना सरकारको राष्ट्रिय गौरवको परियोजना हो। मेलम्ची खानेपानी आयोजना शुरु भएको दुई दशकपछि काठमाडौँ उपत्यकाभित्र पहिलोपटक २०७७ चैत १५ गते वितरण थालिएको थियो।

पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमतानुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गरिएको थियो। तर ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍यायाे।

उक्त बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म १२ महिना पानी काठमाडौँ उपत्यकामा आउन सकेको छैन। ०७८ को बाढीयता कहिले वर्षात त कहिले मर्मतको नाममा पानी बन्द गर्दै पठाइँदै गरिएको छ। अरू बेला नियमित मेलम्चीको पानी आए पनि वर्षातका बेला मेलम्ची खानेपानी बन्द गर्नुपर्ने बाध्यता छ।

अर्कातर्फ मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति लगायतले पहिला भएको सहमति कार्यान्वयन नभएको भन्दै बेला बेला आन्दोलन गरी मेलम्ची पानी रोक्ने गरेका छन्।

याङ्ग्री र लार्के खोलाको पानी ल्याउँने योजनामै सीमित

सरकारले दोस्रो चरणमा मेलम्ची खोलाबाट झण्डै १२ किलोमिटर टाढा रहेको याङ्ग्री र लार्के खोलाको पानी पनि उपत्यकामा ल्याउने योजना बुनेको थियो। याङ्ग्री र लार्केको पानी मेलम्चीमा मिसाउन डीपीआर पनि तयार भयो।

सरकारले बजेट भाषणबाट पनि त्यहाँको पानी ल्याउने भन्दै पटक-पटक घोषणा गर्‍याे तर हालसम्म काम सुरु हुन सकेको छैन।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राईका अनुसार काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ।

मेलम्ची खानेपानी बन्द गरिएका बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको उनले जानकारी दिए। त्यही कारण उपत्यकाभित्र पानी वितरणमै समस्या हुने गरेकाे छ।थाहा खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...