Skip to main content

धनगढी न्यूज

काठमाडौं उपत्यकाका १५ मध्ये १४ क्षेत्रमा रास्वपा अगाडि

Advertisement

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।Set featured image

काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् ।

काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।

यसैगरी ललितपुर २ मा जगदिश खरेल र ३ मा तोसिमा कार्कीले अग्रता लिएका छन् । ललितपुर क्षेत्रनम्बर १ मा भने कांग्रेसका उदय शम्सेर राणाले अग्रता लिएका छन् ।

भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपा उम्मेदवारहरु अगाडि छन् । नेमकिपाको गढ मानिने क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित अगाडि छन् । नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन् ।

यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा राजिव खत्रीले अग्रता लिँदा एमाले उम्मेदवार महेश बस्नेत पछि परेका छन् ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...