Skip to main content

धनगढी न्यूज

म्याग्दी अपडेट : महावीर पुन दोब्बर मतान्तरले अगाडि

Advertisement

२२ फागुन, बेनी । म्याग्दीका स्वतन्त्र उमेदवार महावीर पुन दुई वटा स्थानीय तहको मतगणना सकिँदासम्म दोब्बर मतान्तरसहित अग्रता लिएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा पुनले तीन हजार चार सय ३७ बढी मत पाएका छन् ।

धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार २ सय १ मत गणना गर्दा पुनले पाँच हजार ५ सय ८ मत पाएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।

नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले दुई हजार ७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार छ सय ५६, नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले एक हजार चार सय ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले तीन सय २० मत पाएका छन् ।

मंगला गाउँपालिकाको मतगणना शुरु भएको छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो । ६ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ मध्य १४ वटा वडाको मतगणना सकिएको छ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...