Skip to main content

धनगढी न्यूज

गगनले के गर्लान् ?

Advertisement

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा अपेक्षित मतपरिणाम प्राप्त नभएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् ।

अघिल्लो प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेसले यसपटक प्रत्यक्ष र समानुपातिकतर्फ मत गुमाउँदै दोस्रो दल बनेको छ । पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा कांग्रेसले प्रत्यक्षमा १०७ सिट कम ल्याएको छ । समानुपातिकतर्फ पनि फराकिलो अन्तरले रास्वपाले कांग्रेसलाई पछि पारेको छ ।

कांग्रेसलाई प्रत्यक्ष एवं समानुपातिक तर्फ उल्लेख्य मत घट्नु र सभापति स्वयं पराजित बनेपछि उनी माथि नैतिक प्रश्न समेत उठेको छ ।

सभापति थापालाई भेटेका नेताहरूका अनुसार उनी पदबाट राजीनामा दिने मनस्थितिमा छन् । राजीनामा दिनु उपयुक्त नभएको सुझाव आफूहरुले दिएको भेट्ने नेताहरूले जानकारी गराएका छन् ।

उपसभापति विश्वप्रकाश शर्मासँग दुई दिने अघिको भेटमा सभापति थापाले पदबाट राजीनामा दिने बताएका थिए ।

थापाले विश्वप्रकाश शर्मालाई भनेका थिए,‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । म राजीनामा दिन्छु ।’

उपसभापति शर्माले राजीनामा नगर्न सुझाव दिएका थिए । कांग्रेस पराजित हुनुमा एक व्यक्ति र महाधिवेशनबाट आएको समितिको नभएको उपसभापति शर्माको तर्क छ ।

‘नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सुक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ ।’

सभापति थापाले राजीनामा दिँदा पार्टीलाई झनै अफ्ठ्यारो अवस्थामा पुग्ने शर्माको जिकिर छ ।

विशेष महाधिवेशनको विपक्षमा रहेका तल्लो तहका कतिपय नेताले सभापतिले राजीनामा दिनुपर्ने तर्क गरिरहेका छन् ।

पूर्व सभापति शेरबहादुर देउवा पक्षका शीर्ष तहका नेताहरूले सभापति थापाले राजीनामा दिनुपर्ने गरी सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

सभापति थापाले राजीनामा दिने मनस्थितिका बारेमा कुराहरु बाहिर आएपछि पद छोडेर पार्टीमा झन् संकट आउने नेताहरूले विचार राख्दै आएका छन् ।

नेताहरु गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, रञ्जित कर्ण लगायतले राजीनामा अहिलेको निकास नभएको तर्क गरेका छन् ।

विशेष महाधिवेशनको पक्षमा खुलेका नेता श्रेष्ठ भन्छन्,‘यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने, र संगठनात्मक रुपान्तरण गर्ने गहिरो सन्देश दिएको छ ।

यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रुपान्तरण गर्न नसकिएको चेतावनी पनि हो ।’

निर्वाचनको पराजयलाई लिएर पार्टीभित्र दुई थरी धारणा आएका छन् ।

निर्वाचनमा भएको पराजयलाई विशेष महाधिवेशनसँग जोडेर त्यसको औचित्यता सकिएको तर्क समेत एक पक्षले गरेको छ । नयाँ नेतृत्व चयन भएकै कारणले ‘ड्यामेज कन्ट्रोल’ भएको वर्तमान समितिका नेताहरुको धारणा छ ।

विशेष महाधिवशेनबाट पछि निर्वाचनको तयारीका लागि समय सिमि भएको उल्लेख गर्दै केन्द्रीय सदस्य सुवास पोखरेल भन्छन्,‘निर्वाचनको तयारी गर्न हामीलाई समयाभाव भयो । नयाँ नेतृत्वले अघि सारेको नीतिलाई जनताको बीचमा पुर्‍याउ समय नै भएन ।’

सभापति थापाले हारको जिम्मेवारीबोध गरेको पोखरेल बताउँछन् । नेता र नीतिका कारणले पराजय नभएको पोखरेलको दाबी छ ।

पार्टी पराजय हुनुमा पूर्व संस्थापन पक्षको असहयोग समेत कारण रहेको विशेष महाधिवेशन पक्षधरका नेताहरुको दाबी छ ।

पूर्वसभापति देउवा सहित शीर्ष तहका नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायत आफ्नो दलका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका नदेखाएको उनीहरुमाथि आरोप लागेको छ ।

पूर्वउपसभापति पूर्णबहादुर खड्काले मौन अवधि सुरु हुनुअघि सामाजिक सञ्जालबाट मत मागेका थिए । निर्वाचनको परिणामबाट आइसकेपछि खड्काले सभापति थापा लक्षित गर्दै ‘अस्वभाविक महत्वकांक्षा’बाट मुक्त हुनुपर्ने विचार राखेका छन् ।

‘अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवार भएर हामी सबैले मम भन्दै विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्वाकाक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत एकताका लागि निष्ठा र समर्पण भावकासाथ अगाडि बढ्नुपर्ने हामी सबैको नैतिक कर्तव्य र जिम्मेवारी छ ।’

गत माघ १ गते निर्वाचित भएको नयाँ समितिले निर्वाचन आयोगले अर्कोदिनमा मान्यता दिएको थियो । विशेष महाधिवेशनको विपक्षमा रहेको अर्को पक्ष थापा नेतृत्वको समितिलाई मान्यता नदिन भन्दै अदालत समेत पुगेको छ ।

पार्टीको आधिकारिता कायमै राखेर उम्मेदवार चयन गर्नुपर्ने स्थिति बनेको थियो । कांग्रेसको आधिकारिकता विवादमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनमा जाने बाटो खुलेको थियो ।

थापा नेतृत्वको संसदीय बोर्डले पूर्व संस्थापन, नेता शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधर गरी तीनै पक्षबाट उम्मेदवार चयन गरेको थियो ।

नयाँ नेतृत्वका पदाधिकारी देखि विशेष महाधिवेशनका विपक्षमा रहेका शीर्ष तहका सबै नेताहरु निर्वाचनमा पराजय भोगे ।

गुल्मी–१ मा पराजित नेता चन्द्र भण्डारी सभापति थापाले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त नहुने धारणा राख्छन् ।

‘नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो । अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व हो’ उनी भन्छन् ।

कांग्रेसमा युवाहरुको आकर्षण नरहेको उल्लेख गर्दै भण्डारीले समस्याको समाधान गर्नुपर्ने बेलामा जिम्मेवारीबाट भाग्न नहुने सुझाव दिएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठक आव्हान गरेर निर्वाचनको ‘निर्मम समीक्षा’ गर्ने नेताहरुले जानकारी गराएका छन् । केन्द्रीय समितिको बैठकको मिति भने तय भइसकेको छैन ।

सहमहामन्त्री डिला संग्रौलाका अनुसार निर्वाचनको पूर्ण परिणाम आए लगत्तै केन्द्रीय समिति बैठक बस्ने जानकारी गराइन् ।

प्रत्यक्षमा १८ क्षेत्रमा जितेको कांग्रेसले समानुपातिकतर्फ २० जना प्राप्त गरेर ३८ सिट सहितको प्रतिनिधि सभाको दोस्रो दल बनेको छ । पुरानै नेतृत्व राखेर चुनावमा गएको भए नतिजा झनै शर्मानाक आउने विशेष महाधिवेशन पक्षधरका नेताहरूले दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा नैतिकताको प्रश्न उठाउँदै नेता कार्यकर्ता राजीनामाको पक्ष÷विपक्षमा विचार व्यक्त गरिरहेका छन् ।

विगतमा गरेका शृङ्खलाबद्ध विकृत कार्यको भारले यो अवस्था आएको विशेष महाधिवेशन पक्षधरको तर्क छ ।

नेतृत्व चयन गरेर निर्वाचनमा जाँदा समेत परिणाम नकरात्मक आएपछि नैतिक जिम्मेवारी लिएर सभापतिले पद छोड्नुपर्ने विचार राखेका छन् ।

१५ औं महाधिवेशनको मिति तोकेर अघि बढ्नुपर्ने बेलामा सभापतिले राजीनामा दिन अनुपयुक्त हुने थापा निकट एक नेता बताउँछन् ।

‘परम्परागत तरिकाले पार्टी सञ्चालन गरेर नहुने जनताले सन्देश दिइसकेका छन् । यो बेला समस्या समाधान गर्ने नेतृत्व चाहिएको छ । सभापतिले पद छोडेर पार्टीमा झन् संकट आउँछ ।’

एमालेका अध्यक्ष केपी शर्माले राजीनामा दिनुपर्ने तर्क गरिरहेका बेला कतिपयले कांग्रेस सभापति थापाले समेत राजीनामा दिनुपर्न विचार राखिरहेका छन् ।

लेखक एवं राजनीतिक विश्लेषक विष्णु सापकोटा एमाले अध्यक्ष र कांग्रेस सभापति थापाको राजीनामा माग्नुमा समानता नभएको तर्क गर्छन् ।

नियमित महाधिवेशन गरेर निर्वाचित भएको सभापति नभएको उल्लेख गर्दै विश्लेषक सापकोटाले अनलाइनखबरसँग भने,‘पार्टीमा विद्रोह गरेर पुरानो पुस्ताबाट ल्याएको नेतृत्व अन्तरिम हो । नियमित महाधिवेशनको प्रक्रियामा जानै पर्नेछ ।’

कांग्रेसमा ‘परपीडकहरु’ रहेको र उनीहरुले राजीनामा मागेको सापकोटा बताउँछन् । सापकोटाको थप तर्क छ,‘तिनीहरुलाई जवाफ दिन राजनीनामा दिँदा पनि हुन्छ । नियमित महाधिवशेनबाट पुनः सभापति भएर आउनुपर्छ ।’

प्रत्यक्षमा १८ क्षेत्रमा जितेको कांग्रेसले समानुपातिकतर्फ २० जना प्राप्त गरेर ३८ सिट सहितको प्रतिनिधि सभाको दोस्रो दल बनेको छ । पुरानै नेतृत्व राखेर चुनावमा गएको भए नतिजा झनै शर्मानाक आउने विशेष महाधिवेशन पक्षधरका नेताहरूले दाबी गरेका छन् ।

पूर्व केन्द्रीय सदस्य जीवनबहादुर शाही निर्वाचनमा कहिले जित र हाल भइरहने बताउँदै राजीनामाको विषय उठान गर्न आवश्यक नभएको बताउँछन् । शाहीले अनलाइनखबरसँग भने,‘चुनावमा जित्ने /हार्ने भइरहन्छ । अब नियमित महाधिवेशन गर्नु उपयुक्त बाटो हो ।’अन्लाईन खबर बाट साभार

पार्टीहरू
अग्रता
जित
कुल सिट समानुपातिक मत
रास्वपारास्वपा
125
125
5,161,289 (47.80%)
कांग्रेसकांग्रेस
18
18
1,756,474 (16.27%)
एमालेएमाले
9
9
1,453,140 (13.46%)
नेकपानेकपा
7
7
809,964 (7.50%)
श्रम संस्कृतिश्रम संस्कृति
3
3
385,792 (3.57%)
राप्रपाराप्रपा
1
1
330,306 (3.06%)
जसपा, नेपालजसपा, नेपाल
177,797 (1.65%)
रापपारापपा
172,197 (1.59%)
जनमतजनमत
79,164 (0.73%)
स्वतन्त्रस्वतन्त्र
1
1
0 (0.00%)
जम्मा
164
164
10,797,267

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...