Skip to main content

धनगढी न्यूज

सुर्खेतमा किशोरी बलात्कार घटनाको पोष्टमर्टम रिपोर्ट- अत्यधिक रक्तश्रावका कारण मृत्यु

Advertisement

किशोरीमाथि बलात्कार भएको घटनाको पोस्टमर्टम रिपोर्टमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको खुलेको छ।

शनिबार (फागुन २३) गते वीरेन्द्रनगर नगरपालिका ४ स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी अचेत अवस्थामा फेला परेकी थिइन्। कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको थियो।

सोही अस्पतालमा पोस्टमर्टम भएको र रिपोर्टले बालिकाको यौनांगमा चोट देखाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। उनका अनुसार बलात्कारपछि लागेको चोटका कारण अत्यधिक रक्तश्राव भई बालिकाको मृत्यु भएको रिपोर्टले देखाएको छ।

पोस्टमर्टमका लागि कर्णाली अस्पतालमा बाँकेस्थित भेरी अस्पतालबाट फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यलाई बोलाइएको थियो। उनीसहित संलग्न चिकित्सकको टोलीले गरेको पोष्टमर्टम रिपोर्ट बुधबार प्रहरीलाई दिएको थियो।

‘पोस्टमार्टम रिपोर्टमा बालिकाको संवेदनशील अंगमा चोट लागेकाले अत्यधिक रक्तश्राव भएको र त्यसकारण मृत्यु भएको भन्ने उल्लेख छ,’ डिएसपी बुढथापाले भने।

यस घटनामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पीडित परिवारले चार जनाविरूद्ध किटानी जाहेरी दिएको छ।

परिवारले जाहेरी दिएपछि चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। आइतबार जिल्ला अदालत सुर्खेतबाट ६ दिन म्याद लिएर जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाएको थियो। उक्त म्याद सकिएसँगै बिहीबार पुन: उनीहरूलाई अदालतमा पेस गरिँदैछ।

यो घटनामा न्यायको माग गर्दै सुर्खेत र काठमाडौंमा विरोध प्रदर्शन भएको छ।

प्रहरीका अनुसार फागुन २३ गते किशोरीबिहान ८ बजे मर्निङ वाकमा जाने भनेर घरबाट निस्किएकी थिइन्।

कक्षा-११ मा पढ्ने उनी जनजागरण सामुदायिक वनमा पुगेकी थिइन्।

त्यसपछि किशोरसँग भेट भएको र वनमा उनले जबरजस्ती करणी गरेको आरोप छ। जबरजस्ती करणी गर्दा किशोरीको यौनांगमा चोट लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

अत्यधिक रक्तश्राव हुन थालेपछि ती किशोरले आफ्ना साथीहरूलाई बोलाएको प्रहरीसँगको बयानमा बताएका छन्। यस भनाइबारे प्रहरीले प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको छ।

अचेत अवस्थामा रहेपछि प्रहरीलाई बोलाइएको थियो।

बालिकाको मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन गर्न माग गर्दै पीडित परिवारको तर्फबाट बुधबार वीरेन्द्रनगरमा प्रदर्शन भएको थियो। काठमाडौंमा पनि प्रदर्शन भइरहेको छ।

उनीहरूले प्रमुख जिल्ला अधिकारी समक्ष सोही मागसहितको ज्ञापन पत्र बुझाएका थिए।

मृतक परिवारले निष्पक्ष अनुसन्धानको माग राख्दै शव नबुझ्ने अडान लिएका छन्। शव पाँच दिनदेखि अस्पतालमै राखिएको छ।सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...