Skip to main content

धनगढी न्यूज

१ लाख ४९ हजार निर्वाचन प्रहरीको बिदाइ आज

Advertisement

काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरुको आज बिदाई गरिँदैछ।

४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए। उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि विदाई गरिनेछ।
काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सम्भव भएको बताए।। यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० सहित एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी मातहतका प्रहरीको पनि आजै विदाई कार्यक्रम राखिएको शशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए।
उनीहरुले पाउनुपर्ने पारिश्रमिक र सेवासुविधा वाफतको रकम भने खातामा पठाइसकिएको छ। ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट अनुसारको रासन भत्ता, यातायात भत्ता खाजा खर्च, पोसाक भत्ता अनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइएको थियो।थाहाखबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...