Skip to main content

धनगढी न्यूज

चैतमा चार फिल्म : ‘हामी तीन भाइ’लाई अवसर, नयाँ वर्षमा महासंग्राम

Advertisement

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि फागुन महिना सुखद हुन सकेन । प्रतिनिधिसभा निर्वाचनका कारण हलमा दर्शका पातलिए । चुनावकै कारण यस समय आसपास रिलिज भएका फिल्महरू नराम्रोसँग फ्लप भए ।

फागुन १ गते रिलिज भएका ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’देखि १५ गतेको ‘प्रवासी जीवन’सम्म आइपुग्दा सबै फिल्मको लगानी बालुवामा पानी हालेसरह भयो । तथ्याङ्क अनुसार यी कुनै पनि फिल्मलले बक्स अफिसमा १० लाख ग्रस कलेक्सनसमेत गर्न सकेनन् । केही फिल्महरूका प्रदर्शन मिति नै सरेको छ । शुक्रबार रिलिज भएको ‘लालिमा’को व्यावसायिक रिपोर्ट भने आउन बाँकी छ ।

अब चैतमा ४ वटा ठुला फिल्म आउँदै छन् । चैतको रिलिज क्यालेन्डर हेर्दा सुरुवाती साताहरू केही शान्त देखिए पनि महिनाको अन्त्यमा भने ‘महासंग्राम’ देखिने भएको छ ।

चैतको पहिलो शुक्रबार (६ गते) कुनै पनि नेपाली फिल्म रिलिज हुने छैनन् । यसको मुख्य कारण चैत ५ गते बलिउडको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर २’ रिलिज हुँदै छ । बलिउडको ठुलो फिल्मसँग जुध्न डराएका कारण नेपाली निर्माताहरूले यो मितिमा फिल्म रिलिज गर्ने आँट नगरेका हुन् । चैत्रको दोस्रो साता अर्थात १३ गते एकमात्र फिल्म ‘हामी तीन भाइ’ आउने तयारीमा छ । यो मितिमा अहिलेसम्म अर्काे रिलिज नहुने देखिएकाले यो फिल्मले एकल प्रदर्शनको अवसर पाउने देखिएकोछ ।

त्यस्तै, तेस्रो साता (२० गते) कुनै पनि फिल्म रिलिजन हुने छैनन् । अन्तिम साता अर्थात् २७ चैत्रमा तीन फिल्म ‘३६ को आँकडा’, ‘राम नाम सत्य’, ‘डल्लेले इन्ट्री मार्‍यो’ भिड्ने पक्कापक्कीजस्तै छ ।

  • ‘हामी तीन भाइ’लाई अवसर

नेपाली फिल्मको व्यापार कम हुनुको धेरैमध्ये एक कारण, एकै पटक धेरै रिलिज हुनु पनि हो । तर ‘हामी तीन भाइ’ एकल रिलिज हुने देखिन्छ, चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म गाउँले परिवेशमा बनाइएको छ । दाजुभाइबिचको भावनात्मक सम्बन्धको कथामा निर्माण भएको छ । निर्देशन मधुसूदन भट्टराई यस फिल्मका निर्देशक हुन् । फिल्मले दाजुभाइको जीवनमा विवाहपछि आउने खटपट र त्यसपछिको सङ्घर्षसमेत देखाउने भट्टराईले बताए ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, रवीन्द्र झा, राजाराम पौडेल, विष्णु सापकोटा (हर्के हल्दार), यादव देवकोटा (सरापे) लगायत कलाकारको अभिनय देख्न सकिन्छ । यो नामबाट सन् २००४ मा  फिल्म बनेको थियो, जुन आजसम्म निकै चर्चित छ ।

नयाँ वर्षमा महासंग्राम

नेपाली नयाँ वर्ष फिल्म क्षेत्रका लागि राम्रो मानिन्छ । विगतका वर्षमा यो मितिमा रिलिज भएका धेरै फिल्म व्यावसायिक रूपमा सफल भएका छन् । २०८३ साललाई लक्ष्य गरेर चैत २७ गते तीन वटा ठुला फिल्महरू एकसाथ भिड्दै छन् । यो भिडन्तलाई नेपाली चलचित्र क्षेत्रमा निकै चासोका साथ हेरिएको छ । एकातिर सदावहार अभिनेत्री रेखा थापाको पुनरागमन छ, भने अर्कोतिर एक्सन स्टार विराज भट्टको क्रेज ।

अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘३६ को आँकडा’ सामाजिक विषयवस्तुमा आधारित छ । सवीर श्रेष्ठ निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, निरूता सिंह, महेश त्रिपाठी र पुष्प खड्कालगायत कलाकारहरू मुख्य भूमिकामा छन् । निरुता यो फिल्ममार्फत वर्षौँपछि हलको पर्दामा देखिन लागेकी हुन् । रेखा थापा पनि यसै फिल्ममार्फत केही समयको अन्तरालपछि पर्दामा देखिँदै छिन् । फिल्मले दर्शकहरूलाई फरक स्वाद दिने निर्देशक श्रेष्ठले बताए ।

‘३६ को आँकडा’ रेखा फिल्मस र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको हो । फिल्म नेपालभर आरआर फिल्मसले वितरण गर्दै छ ।

त्यस्तै, सोही दिन अर्को फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ पनि प्रदर्शनमा आउँदै छ । यो फिल्म विशेषगरी अभिनेत्री रोशनी खड्काका कारण चर्चामा छ । सन् २०२५ को मिस नेपाल अडिसनमा एउटा हातको हत्केला नभएको विषयलाई लिएर निर्णायक रचना गुरुङको टिप्पणीपछि रोशनी एकाएक भाइरल भएकी थिइन् । उनै साहसी र प्रतिभावान रोशनीले यस फिल्ममार्फत डेब्यु गर्दैछिन् । फिल्ममा सागर लम्साल ‘बले’ पनि हिरोका रूपमा देखिँदै छन् । राजु गिरीको निर्देशन रहेको फिल्मले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र समाजको हेराइको कथा उठाएको छ ।

नयाँ वर्षको अर्को ठुलो आकर्षण हो फिल्म ‘राम नाम सत्य’ । ‘१२ गाउँ’ को अपार सफलतापछि विराज भट्ट फेरि एक पटक पर्दामा देखिँदै छन् । माइकल चन्दको निर्देशन रहेको फिल्ममा विराजका अलावा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायत कलाकारको अभिनय छ ।

माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...