Skip to main content

धनगढी न्यूज

बालेन प्रधानमन्त्री हुन लागेकोमा संघीय लोकतान्त्रिक मोर्चाले व्यक्त गर्‍यो खुसी

Advertisement

संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री हुन लागेकोमा खुसी व्यक्त गरेको छ।

शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको मुल समितिको बैठकले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने हर्षको विषय भएको बताएको छ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मधेशी सपूत मा. बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले नीजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेशी, थारू, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो,’ मोर्चाले भनेको छ।

मोर्चाले बालेनलाई शुभकामना र बधाई समेत दिएको छ।

यस्तै संविधान संशोधन लगायत विविध विषय सम्बोधन हुनेमा पनि मोर्चाले विश्वास व्यक्त गरेको छ।

‘नेपाली जनताले विगत लामो समयदेखि गरेको संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशीता लगायतको प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै संविधान संशोधन, सिमांकन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संघीयतालाई अझ बलियो बनाउने लगायतका मुद्दाहरुको सम्बोधन हुने विश्वास समेत व्यक्त गर्दछौं,’ मोर्चाले भनेको छ।सेतोपाटी बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...