Skip to main content

धनगढी न्यूज

रास्वपाले भन्यो– आज समानुपातिकको सूची बुझाउँछौं, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ ।

केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।

समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै छ । बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरुको नामावली बुझाउने भएकाले आज हामी त्यो टुंग्याउँछौं ।’

सरकार गठनको विषयमा सोधिएको जिज्ञासामा उनले केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरु बाँकी नै रहेकाले नयाँ सरकार बन्न १० दिन जति लाग्न सक्ने बताए ।

उनले भने, ‘यसमा सबै कुरा हामीले चाहे अनुसार हुँदैन । संसद सचिवालयले आफ्नो आवश्यक तयारी गर्नुपर्ने हुन्छ, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउन नै बाँकी छ । बुझाइसकेपश्चात सामानुपातिक उम्मेदवारहरुलाई प्रमाणपत्र उपलब्ध गराउन बाँकी नै छ । यो कुराहरु सबै भएको हुनाले र फरक फरक साझेदारहरुको जिम्मेवारी अन्तर्गत पर्ने हुनाले म रास्वपाको प्रवक्ताले नै सबैको जिम्मेवारीको कुराहरु र उहाँहरुले कति समय लगाउन सक्नुहुन्छ भन्ने कुरा मैले यहीँ एकिन गरेर भन्न सक्दिनँ । हामी अन्दाज एउटा गर्न सक्छौं कि अझै १० दिन जस्तो लाग्ला भनेर ।अन्लाईन खबर बाट साभार

पार्टीहरू
अग्रता
जित
कुल सिट समानुपातिक मत
रास्वपारास्वपा
125
125
5,161,289 (47.80%)
कांग्रेसकांग्रेस
18
18
1,756,474 (16.27%)
एमालेएमाले
9
9
1,453,140 (13.46%)
नेकपानेकपा
8
8
809,964 (7.50%)
श्रम संस्कृतिश्रम संस्कृति
3
3
385,792 (3.57%)
राप्रपाराप्रपा
1
1
330,306 (3.06%)
जसपा, नेपालजसपा, नेपाल
177,797 (1.65%)
रापपारापपा
172,197 (1.59%)
जनमतजनमत
79,164 (0.73%)
स्वतन्त्रस्वतन्त्र
1
1
0 (0.00%)
जम्मा
165
165
10,797,267

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...