Skip to main content

धनगढी न्यूज

महेश बस्नेत विरूद्धको रिट खारेज भए पनि सकिएको छैन कारबाही प्रक्रिया

Advertisement

एमाले सचिव महेश बस्नेतविरूद्ध बलात्कार मुद्दामा अनुसन्धान गरी कारबाही अघि बढाउन परमादेश मागेको रिट खारेज भए पनि उनीविरूद्ध अनुसन्धान गर्ने बाटो खुला छ।

शोभा पाठकले दिएको उक्त रिट उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको इजलासले बुधबार खारेज गरेको हो।

‘काठमाडौं जिल्ला अदालतबाट मिति २०८२/१२/१६ मा आदेश भएकाले कारबाही प्रक्रिया अगाडि बढिरहेको भन्ने समेत देखिँदा निवेदकको मागबमोजिम उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिरहनुपरेन। तसर्थ निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ,’ उच्च अदालत पाटनले भनेको छ।

यसको अर्थ, अब जिल्ला प्रहरी परिसर काठमाडौंले थप प्रमाण फेला पारे कारबाही प्रक्रिया अघि बढ्न सक्ने एक सरकारी वकिलले बताए।

बलात्कार र भ्रूण हत्याको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले चैत १६ गते जिल्ला अदालत काठमाडौंमा पक्राउ अनुमति लिन गएको थियो। तर जिल्ला अदालत काठमाडौंले उच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै पक्राउ अनुमति दिएको थिएन।

तर बुधबार उच्च अदालतको आदेशमा ‘काठमाडौं जिल्ला अदालतबाट कारबाही प्रक्रिया अगाडि बढिरहेको देखिँदा’ भनिएकाले प्रहरीमार्फत अझै पनि कारबाही अघि बढ्न सक्ने एक सरकारी वकिलले बताए।

‘अदालतले रिट खारेज गरेको भए पनि अनुसन्धानको बाटो रोकेको छैन,’ ती सरकारी वकिलले नाम नखुलाउने सर्तमा भने।

अर्का सरकारी वकिल पनि तामेलीमा राखिएका मुद्दामा जुनसुकै अवस्थामा नयाँ प्रमाण फेला परे जगाउन सक्ने व्यवस्था बताउँछन्।

‘तामेली भनेको हदम्यादभित्र थप प्रमाण फेला परे कारबाही प्रक्रिया अघि बढ्न सक्छ। उच्च अदालतले तामेली आदेशविरूद्ध बोल्न परेन भनेर आदेश गरेको हो। हदम्याद छ र प्रमाण छ भने उच्च अदालतले भने पनि, नभने पनि कारबाही अघि बढ्न सक्ने स्थिति रहन्छ,’ ती सरकारी वकिलले भने, ‘अदालतको आदेश नआए पनि तामेलीमा राख्दा सम्बन्धित निकायले थप प्रमाण आए फेरि निर्णयबाट जगाउन सक्छु भनिएको हुन्छ।’

पाठकले दुई वर्षअघि बस्नेतविरूद्ध बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।

उक्त जाहेरीमा अनुसन्धान गर्दा उचित प्रमाण फेला नपरेको भनेर जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राख्ने निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध पाठक रिट लिएर उच्च अदालत पाटन गएकी थिइन्। त्यो रिटमा खारेज भएको हो।

त्यसपछि पाठकले बस्नेतविरूद्ध पूरक जाहेरी दिएकी थिइन्। बलात्कार, भ्रूण हत्या गरेको भन्दै दिएको उक्त जाहेरीमाथि अनुसन्धान गर्दा पनि सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भनेर निर्णय गरेको थियो। उक्त निर्णयविरूद्ध पाठक फेरि उच्च अदालत पाटन आएकी थिइन्। त्यो रिट पनि बुधबार खारेज भएको छ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...