Skip to main content

धनगढी न्यूज

उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

Advertisement

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ।

आज हुने उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो। दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचनसँगै अन्य विषयमा पनि छलफल गरिने रास्वपाले जनाएको छ।

प्रतिनिधिसभाको उपसभामुख पदका लागि रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेकी छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सांसद सरस्वती लामालाई उपसभामुख पदमा उठाएको छ। उपसभामुख पदको निर्वाचन आज हुँदैछ। तर, प्रतिनिधिसभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत भएकाले उसको समर्थन पाएकी ठाकुर नै उपसभामुख बन्ने निश्चित छ।थाहाखबर बाट साभार

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...