Skip to main content

धनगढी न्यूज

आजबाट कक्षा १२ को परीक्षा सुरु : परीक्षार्थीको संख्यामा भारी गिरावट, ४ लाख १८ हजार सहभागी

Advertisement

१४ बैशाख, २०८३ । राष्ट्रिय परीक्षा बोर्ड (एन.ई.बी) द्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार) देखि देशभर सुरु भएको छ । यस परीक्षामा यस वर्ष देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन्।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष गत वर्षको तुलनामा परीक्षार्थीको संख्यामा ठूलो गिरावट आएको छ । गत वर्ष ५ लाख ११ हजार ५२५ जनाले परीक्षा दिएकामा यस वर्ष ९२ हजार ७२५ जना घटेर ४ लाख १८ हजार ८ मा सीमित भएको छ ।

बोर्डले यस गिरावटलाई ‘सकारात्मक’ रूपमा लिएको छ । अघिल्ला वर्षहरूमा नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजामा देखिएको सुधारका कारण आंशिकतर्फका विद्यार्थीको संख्यामा उल्लेख्य कमी आएको बोर्डको विश्लेषण छ । गत वर्षको नतिजाअनुसार ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, जसले गर्दा थप विद्यार्थीहरू यस वर्ष आंशिक परीक्षा दिनुपर्ने अवस्थाबाट मुक्त भएका हुन् ।

यस वर्ष सहभागी हुने कूल परीक्षार्थीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ जना र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी रहेका छन् । बोर्डका अनुसार यस वर्ष २०७९ सालयताका विद्यार्थीले आंशिक परीक्षा दिँदै छन् । यसबाहेक, विदेशस्थित जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले यसपटक कक्षा १२ को परीक्षा दिइरहेका छन् ।

बोर्डले देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकेको छ । परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुने तालिका छ । परीक्षार्थीहरूलाई मर्यादित र अनुशासित भएर परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ । देशभरका परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्था र आवश्यक जनशक्ति परिचालन गरिसकिएको बोर्डका अधिकारीहरूले जनाएका छन् ।

नतिजाको गुणस्तरमा सुधार आइरहेको सन्दर्भमा यस वर्षको परीक्षाले थप उत्साहजनक नतिजा दिने बोर्डको अपेक्षा छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...